Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

झापामा ३६ जातका रैथाने धान, विदेशी बिउमा निर्भरता !

2023 May 16 2:35 PM 15

विज्ञापन

Birat Cancer Hospital
झापामा ३६ जातका रैथाने धान, विदेशी बिउमा निर्भरता !
काठमाडौं । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ । झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जातको बीउ फेला पारेको र त्यसमध्ये ३६ वटा जात झापामै भेटिएको हो । लि–बर्डका प्राविधिक सहायक पूर्ण पौडेलले स्थानीय किसानले परम्परागत रुपमा उत्पादन गर्दै आएका धानको अध्ययन गर्दा झापामै ३६ जात अभिलेख भएको बताउनुभयो । फेला परेका धानका जातलाई संरक्षणका लागि स्थानीय सामुदायिक बीउ बैंकमा भण्डारण गरिएको र किसानलाई यी धानको खेतीमा प्रोत्साहित गरिएको उहाँले जानकारी दिनुभयो । कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकराम भट्टराईले लि–बर्डद्वारा धानको रैथाने जातको विषयमा गरिएको खोज महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अधिकांश रैथाने धान लोपोन्मुख अवस्थाबाट गुज्रिरहेकोसमेत जानकारी दिनुभयो । 'झापाको कृषि ज्ञान केन्द्रमा लामो समय कार्यरत रहँदा मैले पनि धानको रैथाने जातको बारेमा अध्ययन गरेको थिएँ,” पाँचथर कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो, “लि–बर्डले गहन रुपमा खोज गरेर रैथाने धानको संरक्षणमा पु¥याएको योगदान अतुलनीय छ ।' झापाका ३६ रैथाने धान शिवगञ्ज क्षेत्रबाट रातो टुँडे बास्मती, कालटुँडे बास्मती, जङ्गली मन्सुली, रुद्राक्ष, कालो नूनिया ठूलो, कालो बास्मती र नाजिर जातको धान फेला परेको हो । सोही क्षेत्रबाट कालो नुनिया, बेलगुडी, हाप्सा रातो, हाँडीफोर, छोटी बास्मती, हाप्सा, राँगाधान, रासधान, हंशराज रातो स्थानीय, कालो नुनिया सुधार नं १ र कालो नुनिया सुधार नं १० जातको धान पनि फेला परेको छ । झापाको उत्तरपूर्वी बाहुनडाँगी क्षेत्रमा किसानले चुल्ठे, भोटाङ्गे, चम्पासरी, चनाचुर, अनदी र धनकुटे जातका रैथाने धानको खेती गर्दै आएको पाइएको छ । केचना, कोरोबारी, लखनपुर, गौरीगञ्ज, गौरादह, महाभारा, शनिश्चरेलगायतका क्षेत्रमा कतारखेरा, रातो बच्छी, दोसरा, होडबच्छी, ठूलो मनसरा, सेतो बास्मती, लालबच्छी, बिरम्फुल, रातो बास्मती, रातो अनदी र बदल धानको खेती हुने गरेको पाइएको लि–बर्डको प्रतिवेदनमा उल्लेख छ । झापा बाहेक मोरङ, सुनसरी, दाङ, कैलाली र डोटी जिल्लाका रैथाने २६ जातको धानको बीउसमेत लि–बर्डले खोज तथा संरक्षण गरेको छ । विदेशी बिउमा बढ्यो निर्भरता केहीदशक अघिसम्म किसान आफैले धानको बिउ भण्डारण गरेर राख्ने चलन थियो । परालको नेठी र चोयाको भकारीमा धानका बिउ किसानले राख्थे । सिजन भएपछि त्यही बिउलाई ब्याडमा उमार्ने र धानको बेर्ना रोप्ने चलन थियो । अहिले त्यो चलनमा ठूलो परिवर्तन आएको छ । भारतीय रञ्जित धानको बिउ नै झापालगायत तराईको अधिकांश क्षेत्रमा रोपिने गरेको छ । जसका लागि किसान स्थानीय एग्रोभेट पसल र बिउ सप्लायर्समा निर्भर हुन्छन् । कृषि अर्थविज्ञ शालिकराम भट्टराईले धानखेतीका लागि आवश्यक बिउबिजन आफै सञ्चित गर्ने परम्परागत चलन तोडिएका कारण विगत केही दशकदेखि रैथाने धानका बिउहरु लोपोन्मूख अवस्थामा पुगेको बताउनुभयो ।धानबालीको अनुसन्धानमा काम गरिरहेको कृषि अनुसन्धान केन्द्र तरहरा र कृषि अनुसन्धान केन्द्र परवानीपुरले समेत रैथाने जातका धानका बिउको संरक्षण र खोज गरेर किसानलाई खेतीका लागि सिफारिस गर्न सकेका छैनन् । नुनिया र बास्मतीको माग उच्च रैथाने धानमध्ये अधिकांश लोपोन्मूख अवस्थामा पुगिसके पनि नुुनिया र बास्मती धानको बजार उच्च छ । यी धान महँगो मूल्यमा बिक्री हुने गरेको छ ।मेचीनगर–१० की ८२ वर्षीया माया गुरुङले अहिले पनि गाउँबाट नुनिया र बास्मती धान किनेर भात खाने गरेको बताउनुभयो । “यी धानको भाउ अरुभन्दा धेरै महँगो छ र भातको स्वाद र बासना साह्रै राम्रो हुन्छ”, उहाँले भन्नुभयो । पछिल्लो समयमा बजारमा बढी मूल्य पाउने आशमा धेरै जग्गा हुने किसानहरुले कालो नुनिया र सेतो बास्मती धानको खेती विस्तार गरेको पाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो