Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

झापामा लक्ष्यभन्दा कम राजस्व असुली

2023 May 24 4:08 PM 21

विज्ञापन

Birat Cancer Hospital
झापामा लक्ष्यभन्दा कम राजस्व असुली
दमक। आन्तरिक राजस्व कार्यालयले झापामा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकिएको जनाएको छ । जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताउनुभयो । उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । प्रमुख कर अधिकृत रिजालका अनुसार सङ्कलन भएको रकममध्ये करिब रु एक करोड ५० लाख विगत वर्षको पूर्वअनुमानित आयविवरण तथा दाखिला गरेको करको अङ्क फरक परेका ९मिसम्याच० करदाताबाट सङ्कलन भएको थियो । मूल्य अभिवृद्धि करबाट रु ७६ करोड १२ लाख ५५ हजार र अन्त शुल्कबाट रु ३७ करोड ३६ लाख १७ हजार राजस्व सङ्कलन गरिएको थियो । प्रमुख करअधिकृत रिजालले मूल्य मूल्य अभिवृद्धि कार र अन्तशुल्कतर्फसमेत लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको बताउनुभयो । “सबै क्षेत्र आर्थिक सङ्कटमा चुलिएको छ”, उहाँले भन्नुभयो, “त्यसको प्रत्यक्ष असर राजस्वमा पनि देखियो ।” जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारी नै रहेका प्रमुख करअधिकृत रिजालले जानकारी दिनुभयो । आर्थिक मन्दीको असर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उहाँको भनाइ थियो ।उक्त कार्यालय मतहातमा ५४ हजार बढी करदाता छन् । –––

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?