Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

‘लम्पी स्किन’का कारण एक हजारभन्दा बढी पशु मरे

2023 May 30 6:56 PM 42

विज्ञापन

Birat Cancer Hospital
विराटनगर। कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ ।कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।उहाँले ताप्लेजुङ र सोलुखम्बू बाहेकका जिल्लामा यो रोगको महामारी फैलिएको बताउनुभयो । उहाँले यस रोगको सङ्क्रमणबाट सबैभन्दा बढी इलाम जिल्लामा गाईगोरु मरेको जानकारी दिनुभयो । उहाँका अनुसार इलामका दश वटा पालिकामा चार सय ३५, झापाका १५ वटा पालिकामा एक सय २०, पाँचथरमा १७, मोरङमा एक सय ८२, उदयपुरमा एक सय २०, खोटाङमा तीन, ओखलढुङ्गामा पाँच गाईगोरु मरेका छन् । यसैगरी, धनकुटामा ७४, तेह्रथुममा ३९, सङ्खुवासभामा ३७, भोजपुरमा १७ र सुनसरीमा ९३ वटा गाईगोरु, राँगाभैँसी मरेका उहाँको भनाइ छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार नभएको उहाँको भनाइ छ ।रोगी पशुको ¥याल, शरीरबाट निस्कने तरलपदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाटसमेत रोग सङ्क्रमण हुने पशु चिकित्सक कट्टेलले बताउनुभयो । उहाँले प्रदेशका १४ जिल्ला हेर्ने गरी स्थापना गरिएका आठ वटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिकासँगको समन्वयमा निर्देशनालयले आकस्मिक रोग नियन्त्रण कोषबाट सचेतनामूलक कार्यक्रमका साथै औषधि किसानलाई वितरण गरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “बढी सङ्क्रमण फैलिएका जिल्लाका तथा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर गाउँगाउँ, बस्ती बस्तीमा सेवालाई प्रभावकारी बनाउन छलफल गर्ने र औषधि पठाउने काम गरिरहेका छौँ ।” उहाँले लम्पी स्किन देशका सातवटा प्रदेशको तुलनामा कोशीमा बढी प्रकोपको रुपमा फैलिएको जानकारी दिनुभयो । “आगामी बजेटमा यस रोगको भ्याक्सिन खरिदका लागि बजेट छुट्याउने बारेमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “आकस्मिक कोषको भन्दा बजेट नै छुट्याएर काम गर्न सके रोग नियन्त्रण गर्न सकिन्छ ।”रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउने बाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षित रुपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरिरहेको उहाँले बताउनुभयो । यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखापर्नु यसलाई चिन्ने सजिलो लक्षण हो ।नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’बाट सङ्क्रमित पशु अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा दश वर्ष अघि भएको मानिएको छ । क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक कट्टेलले बताउनुभयो । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला