Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादी नैतिक दबाबमा

2023 May 31 1:52 PM 16

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादी नैतिक दबाबमा
विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपा कोशी प्रदेश समितिको बैठकले जसपा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री हुनुहुन्छ । सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । जसपाका नेता जयराम यादवले फिर्ता बोलाउने निर्णय भएको सञ्चारमाध्यमलाई जानकारी दिनु भएको छ । एक मात्र सांसद भएको जसपाबाट लिम्बु गत पुस २५ गते मन्त्री नियुक्त हुनु भएको थियो  । राष्ट्रपतिको निर्वाचनसँग केन्द्रमा नयाँ सत्तासमीकरण बनेसँगै ६ वटा प्रदेशमा नयाँ सत्तासमीकरण बनेको छ । तर कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जसपा र माओवादी केन्द्र सहभागी छन् । जसपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि माओवादी केन्द्र नैतिक दबाबमा परेको छ । यसअघि नेपाली कांग्रेस संसदीय दलले लिखित रुपमा नै माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने आग्रह गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन् । एमाले र राप्रपा एक ठाउँमा छन् भने कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एउटा गठबन्धनमा छन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ तर सभामुख बाहेक दुवै पक्षमा समान ४६ मत पुग्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो