Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वार्ता आव्हानप्रति कोशी प्रदेशको आन्दोलनरत् पक्ष सकारात्मक

2023 May 31 2:32 PM 32

विज्ञापन

Birat Cancer Hospital
वार्ता आव्हानप्रति कोशी प्रदेशको आन्दोलनरत् पक्ष सकारात्मक
विराटनगर । कोशी प्रदेशका आन्दोलनरत् पक्षले वार्ताका लागि सरकारले गरेको औपचारिक आव्हानलाई सकारात्मकरूपमा लिएको बताएका छन् । प्रदेश नामकरणपछि भइरहेको आन्दोलनबाट उत्पन्न असामान्य परस्थिति समाधान गर्न सरकारका प्रवक्ता कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले मंगलबार आन्दोलनरत पक्षलाई वार्ताको लागि औपचारिक आव्हान गरेका थिए । किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले सरकारले वार्ताको आव्हान सकारात्मक भएको बताए । उनले भने, ‘केही न केही सुरूवात भएको छ, यसले वार्ताको वातावरण बन्छ भन्ने लागेको छ । अहिले नै वार्तामा बसिहाल्ने अवस्था छैन । तर, सरकारले गरेको आव्हानले वार्ताको वातावरण बन्दै गएको छ । औपचारिक पत्र नपाएकाले अहिले नै वार्ता सुरू गरिहाल्ने अवस्था भने आएको छैन ।’ नेपाल प्रेससँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको बैठक बसेर वार्ताको आव्हानको विषयमा निर्णय गरी नसकेको बताए । प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलन गरिरहेको अर्को संस्था किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातोचो राईले सरकारले वार्ताको वातावरण बनाउन सुरू गरेको बताए । अहिले नै सबै कुरा पुरा भयो भन्ने होइन । उनले भने सरकारले गरेको आव्हानको बियामा हामी सकारात्मक छौ । हामी वार्ता र संवादबाट भाग्दैनौ सरकारसँग वार्ता बस्न तयार छौ । यसका लागि सरकारले औपचारिक रूपमा पत्र पठाउनु पर्ने र उच्चस्तरीय वार्ता समिति बनाउनु पर्ने बताए । प्रदेशको नामकरणपछि आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले सरकारले वार्ताका लागि आव्हान गरेकोमा आफूहरू सकारात्मक रहेको बताए । उनले भाषा हेर्दा अहिले पनि परिणाममुखी वार्ताको पक्षमा रहेको देखिँदैन । नियत जे भए पनि वार्तामा बोलाएकोमा हामी सकारात्मक छौं ।लिङ्देनले औपचारिक वार्ताका लागि पत्र पठाउँदै नाम खारेजीका विषयमा समेत सरकार तयार रहनु पर्ने बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न