Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मेयर नागेश कोइरालाद्वारा विराट राजाको दरबार क्षेत्रमा अनुगमन

2023 Jun 1 6:41 PM 22

विज्ञापन

Birat Cancer Hospital
मेयर नागेश कोइरालाद्वारा विराट राजाको दरबार क्षेत्रमा अनुगमन
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन् । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिए । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपैयाँमा ठेक्का पारेको थियो । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूला योजनाहरु सञ्चालन गरिरहेको उनले बताए । दक्षिणी क्षेत्रमा विराट राजाको दरबारसँगै रानीपोखरी र मन्ठापोखरीको पुननिर्माणसँगै सौन्दर्यकरणसमेत भइरहेको मेयर कोइरालाले बताए । धार्मिक र सांस्कृतिक महत्व बोकेको विराट राजाको दरबारसहित तीनवटै पोखरीको निर्माण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने उनको भनाइ थियो । १६ करोड जनसंख्या भएको बिहारसँग जोडिएको क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको मेयर कोइरालाको भनाइ थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?