Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजनीतिक महत्व बोकेको सुनसरीको एक विद्यालयमा बल्ल पर्याप्त खानेपानीको व्यवस्था गरिँदै

2023 Jun 5 10:44 PM 23

विज्ञापन

Birat Cancer Hospital
राजनीतिक महत्व बोकेको सुनसरीको एक विद्यालयमा बल्ल पर्याप्त खानेपानीको व्यवस्था गरिँदै
दुहवी । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा अध्ययन गरेका तीनजना केन्द्र तथा प्रदेशका मन्त्रीसम्म भए । तर लामो समय मन्त्री हुँदा पनि उक्त विद्यालयमा पर्याप्त खानेपानीको पहुँच पुग्न सकेन । धेरै समयको प्रयासपछि अब भने यस विद्यालयमा बल्ल पर्याप्त खानेपानीको सुविधा हुने भएको छ । यस विद्यालयमा स्टोरेज ट्यांकसहितको खानेपानीको पहुँच पुग्ने भएको छ । यस विद्यालयमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्तमान मन्त्री अमनलाल मोदी र कोशी प्रदेशका वर्तमान मन्त्री जीवन आचार्यले अध्ययन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीपी रौनियारका अनुसार नेपाल सरकारको १ करोड रुपैयाँको अनुदानमा ६ इन्चको पाइपको डिप बोरिङ, स्टोरेज टावर ट्यांक तथा फिल्टरसहितको विस्तारित खानेपानी प्रणालीको स्थापना गरिनेछ । खानेपानी प्रणालीको निर्माण अध्यक्ष रौनियार र विद्यालयका प्राचार्य तेजप्रसाद तिमिल्सिनाले पूजाअर्चना गरेपछि सुरु गरिएको थियो । यस प्रणालीले आगामी ५० वर्षसम्म विद्यालयको खानीपानीको माग धान्नसक्ने रौनियारले बताउनु भयो । विद्यालयलाई आगामी वर्षमा स्नातकोत्तर तहसम्म पुर्याउने योजना छ । रौनियारले यस खानीपानी प्रणालीबाट वरपरका जनताले पनि लाभ लिनसक्ने जानकारी दिनु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?