Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अस्पतालमा निःशुल्क पार्किङको व्यवस्था गर्न उपभोक्तावादीको माग

2023 Jun 6 10:24 PM 15

विज्ञापन

Birat Cancer Hospital
अस्पतालमा निःशुल्क पार्किङको व्यवस्था गर्न उपभोक्तावादीको माग
काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा निशुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै जागर अभियानले एउटा बिरामीबाट एक पटकमा उपचारका नाममा लाखौं रकम असुल्ने अस्पतालहरुले पार्किङ शुल्कका नाममा ठगी गरिरहेको भन्दै तत्काल निशुल्क व्यवस्था गर्न माग गरेको हो । जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा सरकारले लागु गरेको स्वास्थ्य बीमा सहज नहुँदा उपभोक्ताले दुःख पाएको भन्दै त्यसलाई सहज गर्न पनि माग गरिएको छ । त्यस्तै सुर्तिजन्य पदार्थले उपभोक्ताको स्वास्थ्यमा असर गरेको विषयमा पनि उपभोक्ता जागरण अभियानलेल मन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष भण्डारीले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले अस्पतालहरुले अनिवार्य रुपमा १०५ सैया विपन्न, असहाय र बेवारिसे बिमारीलाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको भन्दै ज्ञापनपत्रमा उल्लेखित विषयमा आफ्नु ध्यानाकर्षण हुनुको साथै कार्यान्वयनमा तत्काल लैजाने आश्वासन दिए । यसै गरी जागरण अभियानले खानपिनका कारण संक्रामक रोगबाट उपभोक्ता पीडित बनिरहेको सम्बन्धमा पनि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । बजारमा सडेको मासु बिक्री हुने गरेको, विभिन्न केमिकल प्रयोग गरी पकाएका फलफूल र त्यसबाट बनेका जुस लगायतका पेय पदार्थ पिउँदा क्यान्सरसम्म लाग्ने गरको भन्दै त्यस्ता वस्तु विक्रि वितरणमा रोक लगाउन अभियानले माग गरेको छ ।      

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो