Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दिक्तेल बजारमा ‘फायर हाइड्रेन्ट गेट भल्भ’ सञ्चालनमा

2023 Jun 9 5:02 AM 22

विज्ञापन

Birat Cancer Hospital
दिक्तेल बजारमा ‘फायर हाइड्रेन्ट गेट भल्भ’ सञ्चालनमा
दिक्तेल । आगलागीको उच्च जोखिममा रहेको दिक्तेल बजारमा जडान गरिएका अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) सञ्चालनमा ल्याइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न दश ठाउँमा दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत जडान गरिएको सो उपकरण आजबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएकोे हो । दिक्तेल बजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी जडान गरिएको सो उपकरणको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभएको छ । खानेपानी आयोजनाको पाइपमा जडान गरिएको सो उपकरणले करिब तीन सय मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्नसक्ने छ । साँघुरो सडक, जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घर भएका दिक्तेल बजारमा बर्सेनि आगलागीका घटना हुँदा लाखौँको क्षति हुने गरेको छ । हाइड्रेन्ट गेट भल्भ जडान गर्नका लागि नगरपालिकाको तर्फबाट रु १५ लाख र बाँकी सहरी खानेपानी आयोजनाको बजेट लगानी गरिएको छ । विशेष किसिमको पाइप जडान गरिएको सो उपकरण मार्फत करिब १० मिनेटमै एउटा दमकल ९बारुणयन्त्र०मा पानी भर्न सकिनेगरी सञ्चालनमा ल्याइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । 'नगरपालिका र सहरी खानेपानी आयोजना उपभोक्ता समितिबीचको सहमति अनुसार दिक्तेल बजारको विभिन्न दश ठाउँमा हाइड्रेन्ट गेट भल्भ जडान गरिएको छ', उहाँले भन्नुभयो, 'पहाडी जिल्लामा दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेल बजारमा जडान गरिएका फायर हाइड्रेन्ट गेट भल्भ सञ्चालनमा ल्याइएसँगै स्थानीय बासिन्दासमेत हर्र्षित भएका छन् ।' दिक्तेल बजारमा विसं २०७२ पुस२ गते रत्नपार्कका व्यापारी हीरालाल पुरीको घरबाट सुरु भएको आगलागीबाट सात स्थानीय बासिन्दाको घरमा क्षति पुगेको थियो । विद्युत् फल्ट भएर सुरु भएको आगलागी नियन्त्रण गर्न तत्कालीन दिक्तेल नगरपालिकाको दमकलमा पानी नहुँदा ठूलो क्षति पुगेको थियो । दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवम् शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ चैत१४ गतेदेखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरिएको थियो । सोही खानेपानी आयोजना अन्तरगत दिक्तेल बजारका विभिन्न ठाउँमा अग्नि नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो ।सरकारको ७०, काठमाडौँ महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा आयोजनाको काम गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवराज जोशीले बताउनुभएको छ । खानेपानी आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडान लगायतका काम गरिएको छ । पन्ध्र वडा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा बाम्राङका स्थानीय बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ रु २२ करोड ५५ लाख ५८ हजार लागतमा खानेपानी आयोजना सञ्चालन गरिएको छ । आशिष निर्माण सेवा कम्पनीले जिम्मा लिएको उक्त आयोजना सञ्चालनमा आएपछि स्थानीय उपभोक्तालाई राहत मिलेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?