Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पहिचानको नाममा गरिएको आक्रमणप्रति एमाले कोशी प्रदेश आक्रोशित

2023 Jun 9 10:34 PM 22

विज्ञापन

Birat Cancer Hospital
पहिचानको नाममा गरिएको आक्रमणप्रति एमाले कोशी प्रदेश आक्रोशित
काठमाडौं । नेकपा एमाले कोशी प्रदेश समितिले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहबाट पटक/पटक एमालेका नेताहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना र निन्दा गरेको छ । एमाले कोशी प्रदेश समितिका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि गरिएको आक्रमणप्रति निन्दा गर्नु भएको छ । कोशी प्रदेश सरकारबाट सञ्चालन भएका विविध विकास आयोजनाको अनुगमन तथा जिल्ला भ्रमणका क्रममा यही जेठ २५ गते इलाम जिल्लाको देउमाई नगरपालिका–३ मङ्गलबारेबाट इलाम नगरपालिका–११ सोयाक भञ्ज्याङ पुग्दा एमाले केन्दीय कमिटिका सदस्यसमेत रहनुभएका उपनेता रानालाई पहिचानवादी भन्ने अपरिचित समूहद्वारा बाटो अवरुद्ध गराई साङ्घातिक आक्रमणसहित गाडीमा मोबिल खन्याएर आगो लगाउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी सोही दिन उदयपुर जिल्लाको श्री १८ नम्बर बाहिनी भुल्केमा रहेको सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर विराटनगर फर्कने क्रममा उपसभामुख दनुवारलाई पहिचानवादी बताउने एक हुल मानिसले आक्रमण गर्नुका साथै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलाई लक्षित गरी नारा जुलुस गर्ने, उछृङ्खल गतिविधि गर्ने, ढुङ्गामुढा प्रहार गर्ने जस्ता आपराधिक क्रियाकलाप गरिएको विज्ञप्तिमा बताइएको छ । प्रदेश अध्यक्ष न्यौपानेले यस्ता अवाञ्छित, जघन्य र अपराधपूर्ण घटनाले नेकपा एमाले कोशी प्रदेशलाई गम्भीर बनाएको बताउनुभएको छ । एमाले पार्टीका नेताहरू कार्यकर्तालाई लक्षित गरेर बारम्बार आक्रमण प्रयास गर्ने, पार्टीले आयोजना गरेका कार्यक्रम बिथोल्न प्रयास गर्ने, पार्टीका शीर्षस्थ नेता, मुख्यमन्त्री, मन्त्री र सांसदमाथि साङ्घातिक आक्रमण गर्ने, प्रहारको निशाना बनाउने जस्ता क्रियाकलाप पटक पटक हुने गरेकाले प्रहरी प्रशासनले त्यस्ता अपराधीहरूलाई कडा कारवाही गर्नु पर्ने माग गरिएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा दोषीलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षा बहाल गर्न सङ्घीय सरकारसँग पनि माग गरिएको छ । एकतर्फी पार्टीका नेता, कार्यकर्तामाथि हुने गरेका आक्रमण र हिंसाका घटनाको डटेर प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई अध्यक्ष न्यौपानेले निर्देशनसमेत दिनुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?