Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति

2023 Jun 10 3:24 PM 22

विज्ञापन

Birat Cancer Hospital
समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति
विराटनगर । झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु. १९ करोड बजेट विनियोजन गरिएको छ । समपूरक अनुदानतर्फ कोशी प्रदेश सरकारमार्फत निर्माण गरिने सडकका लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गरेको हो ।
क्रमागत योजनामा राखेर आर्थिक वर्ष २०८०/८१ मा सो सडकलाई स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ । सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नालासहित ५० फिट चौडाइ रहने सडकको स्तरोन्नतिका लागि यसअघि तत्कालीन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको थियो । दुई चरणमा निर्माण गरिने सडकको अहिले स्तरोन्नति कार्य जारी छ ।
पहिलो खण्ड झन्डै आठ किलोमिटरको सडकको स्तरोन्नति भएको छ । सो सडकको स्तरोन्नति कनकाई आशिष जेभी र दोस्रो खण्ड १८ किलोमिटर सडकको स्तरोन्नतिका लागि  तुँदी–रोशन–मैनाचुली जेभीले तीन वर्षभित्रमा काम सक्ने गरी सम्झौता गरेको थियो ।
झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण सम्पन्न भएसँगै कुमरखोद नाका हुँदै भारतीय बजार दिघल बैंकसम्मको आवागमन सहज हुने विश्वास गरिएको छ । यता प्रदेश सरकारअन्तर्गत भद्रपुर–ज्यामिरगढी, धुलाबारी, गुर्जाबस्ती, मागुरमाडी, शान्तिनगर–इरौटार सडकको स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका लागि रु ४० करोड बजेट विनियोजन गरिएको छ ।
कोशी प्रदेशअन्तर्गत निर्माण सम्पन्न हुने सात आयोजनामध्ये दुई आयोजना झापाका हुन् । अन्य पाँच आयोजना धनकुटा र भोजपुरमा दुई÷दुई रहेका छन् भने इलाममा एउटा आयोजना रहेको छ ।  भोजपुरमा सञ्चालन हुने आयोजनामध्ये मैनामैनी–हसनपुर–चुहार सडकको स्तरोन्नतिका लागि रु १२ करोड र तुर्केपुल–झ्याउपोखरी–साङपाङ हुँदै फालिदोबाटो सडकको स्तरोन्नतिका लागि रु १५ करोड बजेट विनियोजन गरिएको छ ।
धनकुटामा सञ्चालन हुने आयोजनामा हिले–उत्तरपानी–छिन्ताङ–अदुवा–त्रिवेणी सडकको स्तरोन्नतिका लागि रु १२ करोड र बिहीबारे–हटिया–कर्मिटार–बञ्चरे–ताङ्वुवा–तेलिया–परेवादिन–शुत्रलबारे सडकको स्तरोन्नतिका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?