Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

झापामा २० वटा आयोजना सञ्चालन गर्न २१ करोड विनियोजन

2023 Jun 11 6:57 PM 22

विज्ञापन

Birat Cancer Hospital
झापामा  २० वटा आयोजना सञ्चालन गर्न २१ करोड विनियोजन
दमक । झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन  हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा  २० वटा आयोजना परेका थिए । समपुरक अनुदानमार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि रु ७५ लाख बजेट विनियोजन भएको छ । शनिश्चरे खानेपानी तथा लटरे खानेपानी आयोजना स्तरोन्नति तथा विस्तारका लागि उक्त बजेट विनियोजन भएको हो ।
योसँगै उक्त नगरपालिकामा विपद् व्यवस्थापनका लागि रु ७० लाख विनियोजन गरिएको छ । विनियोजित रकमले ठूलो नेते खोलामा तटबन्धन गर्ने नगरप्रमुख वलदेवसिंह गोम्देनले बताउनुभयो ।  यता बाह्रदशी गाउँपालिकामा रहेको गौरीशङ्कर माध्यमिक विद्यालयको भवन निर्माणका लागि रु ५० लाख बजेट विनियोजन भएको छ ।सोही गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको उक्त विद्यालयको भवन निर्माणका लागि सो रकम उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष देवीन्द्रप्रसाद चम्लगाईंले बताउनुभयो । सो विद्यालय गाउँपालिकाको नमुना विद्यालयका रुपमा रहेको छ ।
भद्रपुर नगरपालिकामा समावेशीकरण तथा मूलप्रवाहीकरणका लागि रु दुई करोड बजेट विनियोजन भएको छ । तीनवर्षे आयोजनाका रुपमा नगरमा रहेका सन्थाल समुदायका लागि आवास कार्यक्रमअन्तर्गत सो रकम विनियोजित भएको हो । यता विर्तामोड नगरपालिकामा खाद्य सुरक्षा कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन भएको छ ।  बुद्धशान्ति गाउँपालिकामा फोहरमैला व्यवस्थापनका लागि रु ९० लाख  बजेट विनियोजन भएको छ । तीनवर्षे उक्त आयोजनामा फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड विथइन सिनिरेशनको काम गरिने  जनाइएको छ । सोही गाउँपालिको विजयपुरस्थित आदर्श मा।वि।कोे भवन निर्माणका लागि रु ७० लाख विनियोजन भएको छ ।
 दमक नगरपालिकामा विद्यालयको पूर्वाधार निर्माणका लागि रु दुई करोड  विनियोजन भएको छ भने गौरादह नगरपालिकामा खानेपानीका लागि रु एक करोड ५० लाख विनियोजन भएको छ ।  गौरादाहनगरपालिका–५ को चान्दु खोला ८ नम्बरको बाँध ९चान्दु० खानेपानी तथा सरसफाई आयोजनाका लागि सो रकम छुट्याइएको हो । गौरीगञ्ज गाउँपालिकामा खानेपानी आयोजनाका लागि लागि रु ५० लाख  विनियोजन भएको छ । खजुरगाछी खानेपानी आपूर्ति आयोजनाका लागि सो बजेट विनियोजन भएको हो ।
यसैगरी फोहोरमैला व्यवस्थापनका लागि गौरीगञ्ज गाउँपालिकालाई रु ७० लाख विनियोजन भएको छ । विनियोजित रकम ल्याण्डपिल्ड साइड निर्माण तथा व्यवस्थापनका लागि उपलब्ध गराइएको हो ।  हल्दिबारी गाउँपालिकामा खानेपानी आयोजना सञ्चालनका लागि रु एक करोड १५ लाख  बजेट विनियोजन भएको छ । विनियोजित बजेटले हल्दिबारी गाउँपालिकाका विभिन्न स्थानमा खानेपानीको पाइप बिस्तार गरिने गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताउनुभयो ।
झापा गाउँपालिकामा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलितलगायत विपन्न वर्गका लागि आवास निर्माण गर्न रु एक करोड १५ लाख  बजेट विनियोजन भएको छ । विनियोजित बजेटले उक्त गाउँपालिकाको वडा नं ३, ४ र ५ मा आवास निर्माण गरिने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । विपन्न आवास कार्यक्रमका लागि सो रकम प्राप्तहुने अध्यक्ष साहको भनाइ थियो ।
कचनकबल गाउँपालिकामा खानेपानीका लागि रु एक करोड १५ लाख विनियोजन भएको छ । गाउँपालिकाको वडा नं ३, ६ र ७मा खानेपानीको पाइपलाइन बिस्तारकालागि सो रकमविनियोजन भएको हो ।  कमल गाउँ पालिकामा महेन्द्ररत्न मा वि को   भवननिर्माणका लागि रु एक करोड  बजेट विनियोजन भएको छ । कमलगाउँपालिकामा रहेको लगनपुर स्वास्थ्यचौकीको भवन निर्माणका लागि रु  ८० लाख  विनियोजन भएको छ ।  कनकाई नगरपालिकाभित्र फोहोरमैला व्यवस्थापनका लागि रु दुई करोड विनियोजन भएको छ । यसबाट जामुनबारी  चोकबाट वनपथ हुँदै बायोग्यास प्लान्टसम्म जाने पूर्वाधार निर्माण गरिने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
मेचीनगरपालिकामा विपद् व्यवस्थापनका लागि रु एक करोड  विनियोजन भएको छ । निन्दा रिभर बैंक इन्बैंकमेन्ट निर्माणका लागि सो रकम विनियोजन भएको हो । त्यस्तै आदर्श माविको विद्याल यभवन निर्माणका लागि रु एक करोड १५ लाख  विनियोजन भएको छ । शिवसताक्षी नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि रु एक करोड १५ लाख विनियोजन भएको छ

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?