Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम

2023 Jun 11 7:02 PM 44

विज्ञापन

Birat Cancer Hospital
फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम
फिदिम । पुष्पलाल ९मध्यपहाडी० राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रम पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा सञ्चालन हुने भएको हो । मध्यपहाडी क्षेत्रमा फलफूल बालीको बगैँचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना र कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको आयोजनाको कार्यान्वयन एकाइ विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो । मध्यपहाडी क्षेत्रमा कागजी बदाम, घिउफल, स्याउ, सुन्तला, जुनार, कागतीसहितका सुन्तलाजातका फलफूल, किवीफल, पिकानट्स, ओखर, म्याकाडेमियानट्सजस्ता फलफूल र तरकारीबाली आयोजनाका लक्षित बाली छन् । कार्यक्रम कोशी प्रदेशमा सात जिल्लाका २२ स्थानीय तहमा सञ्चालन हुने आयोजना प्रमुख डाँगीले जानकारी दिनुभयो । कोशी प्रदेशमा दुई हजार दुई सय हेक्टरमा आयोजना विस्तार गर्ने लक्ष्य राखिएको छ । आयोजना कार्यान्वयनका लागि कृषकले प्रत्येक ब्लकमा एक हेक्टर क्षेत्रफल काष्ठफल तथा फलफूल लगाउनुपर्छ । यसमा एक जना किसानले न्यूनतम चार रोपनी क्षेत्रफलमा काष्ठफल तथा फलफूल लगाउनुपर्ने आयोजनाले व्यवस्था गरेको छ । आयोजना कार्यान्वयनका लागि स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा स्थानीय समन्वय समिति गठन हुने र सोही समितिले आयोजना कार्यान्वयन हुने क्षेत्र, अनुदान व्यवस्थालगायत निर्णय गरी सिफारिस गर्ने व्यवस्था गरिएको छ । योजनाको स्किम–२ अन्तर्गत उद्यमी/कृषक समूह÷सहकारीलाई फलफूल बगैँचा तथा तरकारी फार्म विकासमा ५० प्रतिशत अनुदान, स्किम–३ मा आयोजना लक्षित बालीहरूको मूल्य अभिवृद्धिमा ५० प्रतिशत अनुदानका कार्यक्रम समावेश गरिएको आयोजनाका प्रदेश प्रमुख डाँगीले जानकारी दिनुभयो । आयोजनाको अनुगमन रुपरेखाअनुसार २०३० सम्ममा लाभग्राही कृषकको कृषि आयमा १० प्रतिशतले वृद्धि गर्ने, आयोजना लागू भएका ५० स्थानीय तहले कम्तीमा ५० प्रतिशत कृषक घरपरिवारमा कृषि सूचना परामर्श प्रदान गर्ने, कम्तीमा ४० वटा नर्सरीसँग साझेदारी गर्ने, कम्तीमा १० वटा निजी नर्सरीमा रोगमुक्त बिरुवा उत्पादन गर्न सहायता प्रदान गर्ने लक्ष्य राखिएको छ । आयोजना आर्थिक वर्ष २०८६÷८७ सम्म सञ्चालन हुने छ । आयोजनाले मुख्यतः एक पालिकामा एक सय हेक्टरको बगैँचा स्थापना गर्ने सोच राखेको आयोजनाका प्रदेश प्रमुख डाँगीको भनाइ छ । आयोजना सञ्चालनबारे शुक्रबार फिदिममा जनप्रतिनिधि तथा सरकोरवालासँग आयोजित अन्तक्र्रियाका सहभागीले लक्षित बाली थप गर्नुपर्ने, सिँचाइको सुविधा विस्तार गर्नुपर्ने तथा बाली फल दिन सक्षम नभएसम्म कृषकलाई अतिरिक्त अनुदान दिनुपर्ने सुझाव दिए । पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेले बजार सुनिश्चित गर्न, वास्तविक कृषकले सहजै आयोजनाको लाभ लिन तथा अनुदान प्राप्त गर्ने व्यवस्था गर्न, निजी क्षेत्र र सहकारीको भूमिकालाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । कृषक समूह महासङ्घका गणेशप्रसाद पोखरेलले उत्पादित फलफूल तथा काष्ठफलको बजार सुनिश्चितताका लागि घरेलु उद्योग स्थापना तथा प्रशोधनको व्यवस्था गर्न सुझाव दिनुभयो । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले कार्यक्रमको प्रभावकारिताका लागि सिँचाइ बाधक हुनसक्ने भन्दै सोको प्रबन्ध गर्न आग्रह गर्नुभयो । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले कम आय भएका परिवारको आयस्तर उकास्न कार्यक्रमलाई सदुपयोग गर्ने योजना नगरपालिकाले बनाउने बताउनुभयो । यस्तै जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले कार्यक्रमलाई जिल्लाका अन्य स्थानीय तहमा पनि विस्तार गर्न आग्रह गर्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला