Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम

2023 Jun 11 7:02 PM 14

विज्ञापन

Birat Cancer Hospital
फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम
फिदिम । पुष्पलाल ९मध्यपहाडी० राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रम पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा सञ्चालन हुने भएको हो । मध्यपहाडी क्षेत्रमा फलफूल बालीको बगैँचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना र कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको आयोजनाको कार्यान्वयन एकाइ विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो । मध्यपहाडी क्षेत्रमा कागजी बदाम, घिउफल, स्याउ, सुन्तला, जुनार, कागतीसहितका सुन्तलाजातका फलफूल, किवीफल, पिकानट्स, ओखर, म्याकाडेमियानट्सजस्ता फलफूल र तरकारीबाली आयोजनाका लक्षित बाली छन् । कार्यक्रम कोशी प्रदेशमा सात जिल्लाका २२ स्थानीय तहमा सञ्चालन हुने आयोजना प्रमुख डाँगीले जानकारी दिनुभयो । कोशी प्रदेशमा दुई हजार दुई सय हेक्टरमा आयोजना विस्तार गर्ने लक्ष्य राखिएको छ । आयोजना कार्यान्वयनका लागि कृषकले प्रत्येक ब्लकमा एक हेक्टर क्षेत्रफल काष्ठफल तथा फलफूल लगाउनुपर्छ । यसमा एक जना किसानले न्यूनतम चार रोपनी क्षेत्रफलमा काष्ठफल तथा फलफूल लगाउनुपर्ने आयोजनाले व्यवस्था गरेको छ । आयोजना कार्यान्वयनका लागि स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा स्थानीय समन्वय समिति गठन हुने र सोही समितिले आयोजना कार्यान्वयन हुने क्षेत्र, अनुदान व्यवस्थालगायत निर्णय गरी सिफारिस गर्ने व्यवस्था गरिएको छ । योजनाको स्किम–२ अन्तर्गत उद्यमी/कृषक समूह÷सहकारीलाई फलफूल बगैँचा तथा तरकारी फार्म विकासमा ५० प्रतिशत अनुदान, स्किम–३ मा आयोजना लक्षित बालीहरूको मूल्य अभिवृद्धिमा ५० प्रतिशत अनुदानका कार्यक्रम समावेश गरिएको आयोजनाका प्रदेश प्रमुख डाँगीले जानकारी दिनुभयो । आयोजनाको अनुगमन रुपरेखाअनुसार २०३० सम्ममा लाभग्राही कृषकको कृषि आयमा १० प्रतिशतले वृद्धि गर्ने, आयोजना लागू भएका ५० स्थानीय तहले कम्तीमा ५० प्रतिशत कृषक घरपरिवारमा कृषि सूचना परामर्श प्रदान गर्ने, कम्तीमा ४० वटा नर्सरीसँग साझेदारी गर्ने, कम्तीमा १० वटा निजी नर्सरीमा रोगमुक्त बिरुवा उत्पादन गर्न सहायता प्रदान गर्ने लक्ष्य राखिएको छ । आयोजना आर्थिक वर्ष २०८६÷८७ सम्म सञ्चालन हुने छ । आयोजनाले मुख्यतः एक पालिकामा एक सय हेक्टरको बगैँचा स्थापना गर्ने सोच राखेको आयोजनाका प्रदेश प्रमुख डाँगीको भनाइ छ । आयोजना सञ्चालनबारे शुक्रबार फिदिममा जनप्रतिनिधि तथा सरकोरवालासँग आयोजित अन्तक्र्रियाका सहभागीले लक्षित बाली थप गर्नुपर्ने, सिँचाइको सुविधा विस्तार गर्नुपर्ने तथा बाली फल दिन सक्षम नभएसम्म कृषकलाई अतिरिक्त अनुदान दिनुपर्ने सुझाव दिए । पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेले बजार सुनिश्चित गर्न, वास्तविक कृषकले सहजै आयोजनाको लाभ लिन तथा अनुदान प्राप्त गर्ने व्यवस्था गर्न, निजी क्षेत्र र सहकारीको भूमिकालाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । कृषक समूह महासङ्घका गणेशप्रसाद पोखरेलले उत्पादित फलफूल तथा काष्ठफलको बजार सुनिश्चितताका लागि घरेलु उद्योग स्थापना तथा प्रशोधनको व्यवस्था गर्न सुझाव दिनुभयो । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले कार्यक्रमको प्रभावकारिताका लागि सिँचाइ बाधक हुनसक्ने भन्दै सोको प्रबन्ध गर्न आग्रह गर्नुभयो । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले कम आय भएका परिवारको आयस्तर उकास्न कार्यक्रमलाई सदुपयोग गर्ने योजना नगरपालिकाले बनाउने बताउनुभयो । यस्तै जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले कार्यक्रमलाई जिल्लाका अन्य स्थानीय तहमा पनि विस्तार गर्न आग्रह गर्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो