Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पशुपतिको जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुस्: सदस्यसचिव डा. थापा

2023 Jun 13 6:10 PM 31

विज्ञापन

Birat Cancer Hospital
पशुपतिको जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुस्: सदस्यसचिव डा. थापा
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेकोे पशुपति क्षेत्र विकास कोषमा स्वीकृत दरबन्दीको आधाभन्दा कममात्र जनशक्ति कार्यरत रहेकाले दैनिक काममा समस्या भएको छ । राष्ट्रियसभाअन्तर्गत् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा कोषका पदाधिकारीले १५ उपसचिव र २५ अधिकृतको पद रिक्त हुँदा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेका हुन् । कोषमा ३५० जनाको दरबन्दी रहेकामा हाल ज्यालादारीसमेत १८२ मात्र कर्मचारी कार्यरत रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । स्वीकृत दरबन्दीअनुसारका कर्मचारी नभएपछि कोषका महाशाखा एवं शाखाहरू निमित्तका भरमा सञ्चालन भइरहेका छन् । प्राविधिक जनशक्ति त कोषमा अहिले शून्यमै झरेको छ । विगतमा कोषका प्राविधिकले पशुपतिक्षेत्र भित्र बनाएका सडकमा प्रश्न उठेकाले पनि ज्यालादारीमा रहेका जनशक्तिको म्याद नथपिएको उहाँले समितिलाई जानकारी गराउनुभयो । बैठकमा सांसदहरुले पशुपति क्षेत्रको सम्पत्ति व्यवस्थापनका लागि निमित्तको मात्र भर पर्न नहुनेमा जोड दिनुभयो । समिति सभापति दिलकुमारी रावल थापा ९पार्वती०ले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको उपस्थितिमा मन्त्रालयका अधिकारी एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अधिकारी बोलाएर पशुपति क्षेत्रका विषयमा छलफल गर्न अर्को बैठक राखिने जानकारी गराउनुभयो । सांसद कुमार दसौँदीले हायात रिजेन्सी होटललाई १७ रोपनी जग्गा वार्षिक १६ मुरी धान भाडामा दिनु निकै सस्तो भएकाले पुनर्विचार गरिनुपर्नेमा जोड दिनुभयो । मारवाडी सेवा समितिलाई दिइएको पशुपति गौशालाको धर्मशालालगायत कोषले दिएका अन्य जग्गा पनि सस्तो भाडादर भएकाले समयानुकुल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद सानोम ग्याल्जेन शेर्पाले माथिको दबाबमा पशुपतिमा काम रोकिने गरेकाले त्यसो गर्न नहुने बताउनुभयो । सांसद रामचन्द्र राईले पशुपति क्षेत्रलाई व्यवस्थित गरी भारतबाट त्यहाँको जनसङ्ख्याको वार्षिक १० प्रतिशत मानिस नेपाल ल्याउन सके पनि धार्मिक पर्यटन प्रवर्दन हुनेमा जोड दिनुभयो । पशुपति क्षेत्रको गुरुयोजना पारित हुँदा निकायगत समन्वयको व्यवस्था गरिनुपर्ने उहाँको माग थियो । सांसद इन्दु कडरियाले मारवाडी सेवा समितिले मासिक रु २२ लाखभन्दा बढी भाडा उठाएर कोषलाई वार्षिक रु ५१ हजारमात्र दिने दिँदै आएकामा आपत्ति जनाउनुभयो । कोषमा महिला सहभागिता बढाउनाका साथै वातावरण संरक्षणका लागि विद्युतीय शवदाह गृहलाई प्रवर्दनगरिनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद गोपीबहादुर सार्की आछामीले जलहरी राखेको विषयमा महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको उल्लेख गर्दै कोषअन्तर्गतका जग्गा किन कौडीको भाउमा भाडामा दिएको भनी प्रश्न गर्नुभयो । छिमेकी भारतमा एक अर्बभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको चर्चा गर्दै उहाँले तिनलाई पशुपतिनाथको दर्शन गराउने गरी वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । पशुपति, जनकपुर, बराहक्षेत्र र लुम्बिनीलाई समेटेर धार्मिक पर्यटन प्रवर्र्दन गर्ने गरी काम गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगतबहादुर पार्कीले पशुपति क्षेत्रमा देखिने थोरै फोहरले पनि विश्वभर नकारात्मक सन्देश जाने बताउँदै सफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कोषको वास्तविक सम्पत्ति कति हो यकिन गर्न पनि उहाँले माग गर्नुभयो । वाग्मतीमा सफा पानी बगाएर पशुपति क्षेत्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सके धेरै पर्यटक आएर राजश्व वृद्धि हुने सांसद पार्कीको भनाइ थियो । ‘जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुस्’ कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरीमा १० केजी सुन नपुगे आफूलाई मृत्युदण्ड दिन समितिमा माग गर्नुभयो । छानबिन गरेर कारबाही गर्नुपर्नेमा त्यसो नगरी ‘सुन चोर’ भनिएकामा आपत्ति जनाउँदै उहाँले राज्यको कान भएपनि आँखा नभए जस्तो अनुभव भएको बताउनुभयो । आफू कोषाध्यक्ष हुँदा संयोजक भएर पशुपतिमा सुनको जलहरी राखिएको उल्लेख गर्दै सुनमा अनियमितता गरिएको भनी आफ्नो बेइज्जत गरिएको सदस्यसचिव थापाले बताउनुभयो । सुनमा अनियमितताको आरोप लागेकैले आफू फेरि सदस्यसचिव भएर आएको उहाँले सुनाउनुभयो । ‘सुनको जलहरी बनाउने बेलामा २४ सै घण्टा नेपाली सेनाको सुरक्षा राखिएको थियो, त्यसबेला सिसीटिभी राखिएको थियो, त्यसको फुटेज सुरक्षित छ, बाहिर आएका सबै विषय सत्य छैनन्, सांसदहरुले पनि यस विषयमा बुझ्नुहोला’,सदस्यसचिव थापाले भन्नुभयो । पशुपति क्षेत्रका धेरै कुरा पारदर्शी बनाउन घाट र क्रियापुत्री बाहेकका सबै रकम बैङ्किङ प्रणालीबाट जम्मा हुने व्यवस्था गरिएको छ । सुनको विषय नजोखीकन कसैलाई कारबाही नगर्न पनि उहाँले माग गर्नुभयो । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले पशुपतिमा सुनकै जलधारा, शङ्ख, अघ्र्य आदि पनि सुनकै रहेको उल्लेख गर्नुभयो । पशुपति क्षेत्रमा फूल पसल राखेर फोहर गर्ने पसलेलाई कारबाही गर्न खोज्दा सांसदको फोन आउने गरेको उहाँले समिति बैठकमा जानकारी दिनुभयो । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले द्वारिका होटलले चर्चेको पशुपति गुठीको नाममा रहेको दुई रोपनी जग्गाको भाडा वार्षिक रु छ हजार आउने गरेको जानकारी दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न