Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मुख्यसचिवबाट शंकरदास बैरागीलाई हटाइयो, डा. बैकुण्ठ अर्याललाई ल्याइयो

2023 Jun 15 12:07 PM 23

विज्ञापन

Birat Cancer Hospital
मुख्यसचिवबाट शंकरदास बैरागीलाई हटाइयो, डा. बैकुण्ठ अर्याललाई ल्याइयो
काठमाडौँ । सरकारले मुख्यसचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । हाल मुख्यसचिव रहेका शंकरदास बैरागीलाई हटाएर उनको ठाउँमा बैकुण्ठ अर्याललाई ल्याएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । बैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको सुरक्षा सल्लाकारमा व्यवस्थापन गरेर अर्याललाई मुख्यसचिव बनाएको हो । हाल सचिव रहेका अर्याल २ असारमा अवकास पाउँदै छन् । तर त्यसअघि नै उनलाई मुख्यसचिव बनाउने तयारी प्रचण्ड सरकारले गरेको हो । बैरागी यसअघि पनि केपी ओली सरकारका पालामा मुख्यसचिव बनेका थिए । त्यतिबेलाका मुख्यसचिव लोकदर्शन रेग्मीले स्वत अवकाश पाएका भए धनबहादुर तामाङ मुख्यसचिव बन्ने थिए । तर अवकाश अघि नै रेग्मीले राजीनामा दिएपछि बैरागीलाई मुख्यसचिव बनाइएको थियो । मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत बनाइएको थियो । अहिले अर्याललाई मुख्यसचिव बनाउन एनसेललगायतका शक्ति केन्द्रले तीव्र लबिङ चलाएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका लागि युवनाथ लम्साल, रुपक सापकोटालगायत दाबेदार रहेकाले बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाकारमा व्यवस्थापन गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?