Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

खोटाङमा पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो

2023 Jun 17 6:59 AM 31

विज्ञापन

Birat Cancer Hospital
खोटाङमा पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो
काठमाडौं । दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा विसं २०७८ को जनगणना अनुसार एक लाख ७५ हजार दुई सय ९८ रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा महिलाको सङ्ख्या ८८ हजार छ सय ६१ र पुरुषको सङ्ख्या ८६ हजार छ सय ३७ देखाएको छ । विसं २०६८ मा ४२ हजार छ सय ४७ घरपरिवार थियो भने दश वर्ष पछि गरिएको जनगणनामा घरपरिवार सङ्ख्या ४१ हजार सात सय ५० रहेको पाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्या वृद्धिदर घटेको छ । तथ्याङ्क कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना विसं २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा जिल्लाका दशवटै स्थानीय तहको जनसङ्ख्या घटेको जानकारी दिइएको हो । नागरिकलाई गाउँमै रोजगार दिएर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावका कारण हरेक स्थानीय तहको जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत शिवनारायण महतोले बताउनुभयो । उहाँका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसङ्ख्या घटेको छ । राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५ दशमलव शून्य चार प्रतिशतले जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या २२ हजार चार सय ७४ रहेकामा विसं २०७८ मा १६ हजार आठ सय ४६ मा झरेको छ । यस्तै १० वर्षको अन्तरालमा जन्तेढुङ्गा गाउँपालिकाको जनसङ्ख्या २२ दशमलव २० प्रतिशतले घटेको छ । विसं २०६८ मा १५ हजार चार सय ४४ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १२ हजार १६ जनसङ्ख्या गणना भएको छ । बराहपोखरी गाउँपालिकामा विसं २०६८ मा १४ हजार तीन सय ४९ जनसङ्ख्या रहेकामा उक्त सङ्ख्या २० प्रतिशतले घटेर ११ हजार तीन सय ९७ देखिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार एक सय ७५ रहेकामा उक्त सङ्ख्या १९ दशमलव १८ प्रतिशतले घटेर १६ हजार तीन सय पाँचमा झरेको छ ऐसेलुखर्क गाउँपालिकामा १७ दशमलव ८९ प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ मा १६ हजार ९७ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय १७ कायम भएको छ । साकेला गाउँपालिकाको जनसङ्ख्या १७ प्रतिशतले घटेको छ । विसं २०६८ मा ११ हजार पाँच सय ९४ थियो भने विसं २०७८ मा नौ हजार छ सय २३ गणना भएको तथ्याङ्क अधिकृत महतोले जानकारी दिनुभयो । त्यस्तै रावाबेँसी गाउँपालिकामा १६ दशमलगव २३ प्रतिशतले जनसङ्ख्या घटेर ११ हजार एक सय ९९ भएको छ । यहाँको जनसङ्ख्या विसं २०६८ मा १३ हजार तीन सय ६९ थियो । केपिलासगढी गाउँपालिकामा १३ दशमलव ४५ प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ सालमा १५ हजार दुई सय ८८ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय ३१ मा झरेको छ । हलेसी तुवाचुङ नगरपालिकाको जनसङ्ख्या आठ दशमलव ३१ प्रतिशतले घटेर २७ हजार ७८ जनसङ्ख्या गणना गरिएको छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या २९ हजार पाँच सय ३२ थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठ दशमलव ३० प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ मा ४६ हजार नौ सय तीन रहेकामा दश वर्ष पछि गरिएको जनगणनामा यहाँको जनसङ्ख्या ४३ हजार आठ जना देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ । स्थानीय तहहरूले बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नहुँदा बसाइँसराइ हुने गरेको उहाँको भनाइ थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न