Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पहिरो अपडेट: नौ घर बगे, एकको शव फेला, तीन अझै बेपत्ता

2023 Jun 18 11:39 PM 23

विज्ञापन

Birat Cancer Hospital
पहिरो अपडेट:  नौ घर बगे, एकको शव फेला, तीन अझै बेपत्ता
ताप्लेजुङ।वर्षासँगै शनिबार रातिको बाढी र पहिराबाट ताप्लेजुङमा एकको निधन भएको छ भने तीन अझै बेपत्ता छन् । शनिबार रातिदेखि बेपत्ता सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ३१ वर्षीय गणेश तामाङको शव आइतवार दिउँसो फेला परेको छ । मेहेलेकै यादव बुढाक्षेत्रीको घर पहिराले बगाउँदा बेपत्ता बनेका यादव पत्नी भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल भने अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य भइरहेको छ । आज प्रहरीद्वारा सङ्कलित क्षतिको प्रारम्भिक विवरणअनुसार सिदिङ्वा गाउँपालिकाका–६ सहित नौ वटा घर बाढी र पहिराले पूर्णरूपमा बगाएको छ । सिरीजङ्घा गाउँपालिकाको खेवाङ, याम्फुदिन र मैवाखोला गाउँपालिका–४ मा एक–एक वटा घर बगेका छन् । यसैगरी ५१ घर जोखिममा रहेका छन् । सिरीजङ्घा, सिदिङ्वा र मैवाखोलामा एक–एक गरी तीन मोटरेबल पुल बाढीले क्षतिग्रस्त बनाएको छ । जिल्लाका विभिन्न खोलामाथि रहेका पाँच वटा झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याएको छ । सात सरकारी कार्यालय, दुई हाइड्रोपावर, एउटा क्रसर उद्योगमा बाढीपहिराले क्षति पुगेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । यहाँस्थित विभिन्न पाँच सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् । एउटा कुखुरा फर्म र एक विद्यालयमा क्षति पुगेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी मैवाखोलाका २१ घर जोखिममा छन् भने सिदिङ्वा गाउँपालिका–६ का २० घर जोखिममा रहेका छन् । पीडित परिवारको उद्धार र राहतका लागि विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय तह, तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी, रेडक्रसलगायतका सङ्घसस्था जुटेका छन् । प्राय बाढी पहिरोग्रस्त गाउँका विद्युत् संरचनामा क्षति पुग्दा गाउँघर अन्धकारमय बनेका छन् भने आन्तरिक र बाह्य यातायात ठप्प छ । शनिबार राति ताप्लेजुङमा ४७ दशमलव पाँच मिलिमिटर वर्षा भएको थियो । बिहानदेखि साँझसम्म वर्षा रोकिए पनि साँझदेखि फाट्टफुट्ट वर्षा भइरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?