Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ताप्लेजुङ र सङ्खुवासभामा अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

2023 Jun 21 3:34 PM 45

विज्ञापन

Birat Cancer Hospital
ताप्लेजुङ र सङ्खुवासभामा अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीमा परेर बेपत्ता भएकाहरुको चाँडो खोजी  गर्न सरकारलाई आग्रह पनि गर्नुभयो ।
सांसद ईश्वरीदेवी न्यौपानेले भन्नुभयो, “अनागरिक हुनाको पीडा नागरिकताबाट वञ्चित हुनेलाई मात्रै थाहा हुन्छ, नागरिकताविहीन नागरिकको रोदन मिश्रित एसएमएसले हाम्रो मोबाइल भरिएको छ, छोरीछोरी नेपाली भएर पनि बैंकमा खाता खोल्नै पाउँदैैनन्, उच्च शिक्षाका लागि विदेश जान सक्दैनन्, कलेज टप भए पनि नागरिकताको प्रमाणपत्र नहुँदा छात्रवृत्ति पाउँदैनन् ।”
सांसद उर्मिला माझीले लमजुङ जिल्लामा दर्जनभन्दा बढी होइड्रोपावर भए पनि दिनमा सयौँ पटक लाइन जाने आउने समस्याका कारण त्यहाँका जनता मर्कामा पर्ने गरेको बताउनुभयो । सांसद एकनाथ ढकालले गोरखा जिल्लामा समग्र पर्यटनको विकासका निम्ति सरकारलाई आग्रह गर्नुभयो । सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको सामाजिक न्यायलाई सुनिश्चित गर्न माग गर्नुभयो । सांसद गणेश पराजुलीले तराई र पहाडका जिल्लामा बाढी, पहिरो र डुबान भइरहेकाले  विपत् व्यवस्थापनका लागि  पूर्वतयारीमा सक्रिय हुन सरकारलाई आगह गर्नुभयो ।
सांसद गीता बस्नेतले यस पटकको बजेटमा अन्य सवारी साधन छुटको विषय आए पनि किसानको उत्पादित वस्तुको ढुवानीको सवालमा कुनै छुटको कुरा आउन नसकेकामा  गुनासो गर्नुभयो । सांसद गोमालाभ सापकोटाले देशैभरि भएको यौन शोषण, महिला हिंसाका घटनालाई सरकारले न्यूनीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद चन्द्रबहादुर विश्वकर्माले सिरहा, बैतडीलगायत जिल्लामा दलित समुदायमाथि जातीय भोदभाव तथा छुवाछूतका घटना हुने गरेको बताउनुभयो । सांसद कुसुमदेवी थापा,  छिरिङ लामा तामाङ, ज्वालाकुमारी साह, छिरिङ डम्डुल लामा ९भोटे०, किरणकुमार शाह, ऐनबहादुर शाही ठकुरी, जुलीकुमारी महतो, गङ्गा कार्की र चन्दा कार्कीले पनि मुलुकका समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला