Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ

2023 Jun 27 7:38 PM 33

विज्ञापन

Birat Cancer Hospital
राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ
काठमाडौं । विभिन्न व्यक्तिहरूलाई क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा जुठे राउतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । रोजगारीको सिलसिलामा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी करोडौँ रकम ठगी गरेको अभियोग पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा विभागले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ०८ घरभई काठमाडौँ शान्तिटोल बस्ने ३७ वर्षीय जुठे राउतलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका राउत अहिले प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् । पक्राउ परेका राउतलाई अदालतबाट म्यादथप गरी वैदेशिक रोजगार विभागले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्तको रुपमा रहेका टोपबहादुर रायमाझीसँग राउतको बाक्लो हिमचिम भएको साथै उनको संरक्षणकै कारण ठग्दै हिड्ने गरेको पीडितहरूको अरोप छ । पीडितहरूलाई रायमाझीसँग विभिन्न समयमा विभिन्न ठाउँमा खिचेका फोटोहरू देखाएर राउतले आफ्नो राजनीतिक पहुँच भएको हुनाले विदेश पठाउनको लागि कुनै समस्या नहुने बिताउदै विश्वास दिलाउने गरेका थिए । त्यस्तै पीडितमध्येका एक हुन् पोखराका बसन्त रानाभाट । उनलाई सुरुमा अमेरिका पठाइदिन्छु भन्दै राउतले रकम लिएका थिए । अमेरिकाको सपना देखाएर बसन्तसँग मात्रै १० लाख रुपैयाँसम्म ठगी गरेका जुठे राउतले अमेरिका पठाउन केही समय लाग्ने भन्दै सुरुमा क्यानडा जानुपर्ने बताएका थिए । नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान रानाभाट मञ्जुर नभएपछि क्यानाडा पठाउने आश्वासन दिएर जुठेले उनीसँग रकम असुलेका थिए । क्यानडा पठाउँछु भनेको लामो समय बितिसके पनि उनले पठाउने कुनै प्रक्रिया अपनाएका थिएनन् । विभिन्न राजनीतिक नेताहरूको शक्तिका आडमा राउतले वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने गरेका थिए । राउतको विरुद्धमा उजुरी दिन अहिले पीडितहरू वैदेशिक रोगजार विभागको कार्यालयमा आउन थालेका छन् । यसरी विदेश पठाउने नाममा ठगी गर्ने गरेको समाचार सुनेपछि पीडितहरू वैदेशिक रोजगार विभागमा उजुरी दिन आएका हुन् । – क्ष्ल्क्

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न