Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ

2023 Jun 27 7:38 PM 45

विज्ञापन

Birat Cancer Hospital
राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ
काठमाडौं । विभिन्न व्यक्तिहरूलाई क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा जुठे राउतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । रोजगारीको सिलसिलामा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी करोडौँ रकम ठगी गरेको अभियोग पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा विभागले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ०८ घरभई काठमाडौँ शान्तिटोल बस्ने ३७ वर्षीय जुठे राउतलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका राउत अहिले प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् । पक्राउ परेका राउतलाई अदालतबाट म्यादथप गरी वैदेशिक रोजगार विभागले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्तको रुपमा रहेका टोपबहादुर रायमाझीसँग राउतको बाक्लो हिमचिम भएको साथै उनको संरक्षणकै कारण ठग्दै हिड्ने गरेको पीडितहरूको अरोप छ । पीडितहरूलाई रायमाझीसँग विभिन्न समयमा विभिन्न ठाउँमा खिचेका फोटोहरू देखाएर राउतले आफ्नो राजनीतिक पहुँच भएको हुनाले विदेश पठाउनको लागि कुनै समस्या नहुने बिताउदै विश्वास दिलाउने गरेका थिए । त्यस्तै पीडितमध्येका एक हुन् पोखराका बसन्त रानाभाट । उनलाई सुरुमा अमेरिका पठाइदिन्छु भन्दै राउतले रकम लिएका थिए । अमेरिकाको सपना देखाएर बसन्तसँग मात्रै १० लाख रुपैयाँसम्म ठगी गरेका जुठे राउतले अमेरिका पठाउन केही समय लाग्ने भन्दै सुरुमा क्यानडा जानुपर्ने बताएका थिए । नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान रानाभाट मञ्जुर नभएपछि क्यानाडा पठाउने आश्वासन दिएर जुठेले उनीसँग रकम असुलेका थिए । क्यानडा पठाउँछु भनेको लामो समय बितिसके पनि उनले पठाउने कुनै प्रक्रिया अपनाएका थिएनन् । विभिन्न राजनीतिक नेताहरूको शक्तिका आडमा राउतले वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने गरेका थिए । राउतको विरुद्धमा उजुरी दिन अहिले पीडितहरू वैदेशिक रोगजार विभागको कार्यालयमा आउन थालेका छन् । यसरी विदेश पठाउने नाममा ठगी गर्ने गरेको समाचार सुनेपछि पीडितहरू वैदेशिक रोजगार विभागमा उजुरी दिन आएका हुन् । – क्ष्ल्क्

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला