Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कञ्चनजंघा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने

2023 Jun 28 5:57 AM 24

विज्ञापन

Birat Cancer Hospital
कञ्चनजंघा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ । कञ्चनजङ्घा अवलोकन गर्न पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने भएको हो । फक्ताङलुङ गाउँपालिकाले गत आइताबार १३ औँ गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पर्यटकको स्वास्थ्य संवेदनशीलतालाई दृष्टि गरी कञ्चनजङ्घा आधार शिविरसहितका क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डरसहितका उपकरण राख्ने निर्णय गरिएको छ । कञ्चनजङ्घा आधार शिविर पाङ्पेमासहित लोनाक, खम्बाछेन, याङ्मा, मौवाटार, सिङ्जेमा ताल र टिपताला भञ्ज्याङमा यो सुविधा प्रदान गर्ने गाउँपालिकाले घोषणा गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । कञ्चनजङ्घा आधार शिविरमा आउने पर्यटक अक्सिजनको कमीले बीच बाटोदेखिनै फर्कनुपर्ने देखि हेलिकप्टर चार्टर गर्नेसम्म अवस्था विगतका वर्षहरुमा हुँदै आएको थियो । गाउँपालिकाले लिएको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर नीति कार्यक्रम राम्रो भए पनि व्यस्थापन पक्ष अझ महत्त्वपूर्ण रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक जितेन चेम्जोङले बताए । चोम्जोङका अनुसार कञ्चनजङ्घा हिमाल आरोहण गर्न आउनेले भने आफैँ अक्सिजन लिएर आउने गरे पनि टे«किङका लागि आउने आन्तरिक तथा बाह्य पयटनका लागि भने अक्सिजन व्यवस्थापन गर्न आवश्यक रहेको छ । उनले भने , अक्सिजनका अभावले गर्दा म नै दुई पटक हेलिकप्टर चाटर गर्नुपरेको थियो । गत वर्ष मात्र एक पर्यटक अक्सिजन आभवकै कारणले ज्यान गुमाउन परेको थियो ।” प्रत्येक वर्ष पाँच सयदेखि हजारको हाराहारीमा बाह्य पयटक कञ्चनजङ्घा क्षेत्रको अवलोकन गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र वयवस्थापन परिषद्को तथ्याङ्कले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?