Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, एमाले सबै प्रदेश सरकारबाट बाहिरियो

2023 Jun 30 2:40 PM 33

विज्ञापन

Birat Cancer Hospital
कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, एमाले सबै प्रदेश सरकारबाट बाहिरियो
काठमाडौं । मंसिर ४ को चुनावपछि कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रसहितको समीकरण बनाउँदा ७ मध्ये ४ वटा प्रदेश सरकारको नेतृत्व गरेको एमाले अहिले सबै प्रदेशबाट बाहिरिएको छ । एमाले नेतृत्वको ७ दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएको हो । पुस १० गते बनेको सातदलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनमा आइपुग्दा टुटेको थियो । एमालेको प्रस्तावित व्यक्तिलाई राष्ट्रपति मान्न नसक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावअघिकै कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँताएपछि एमाले सरकारबाट बाहिरिने क्रम सुरू भयो । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । कार्कीले २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् । यसअघि वैशाख ११ गते लुम्बिनीको लीला गिरी नेतृत्वको सरकार ढल्यो । त्यहाँ अहिले माओवादीसहित कांग्रेस नेतृत्वको गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका छन् । यस्तै, गण्डकीमा पनि बैशाख १० गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । त्यहाँ अहिले कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । माघ २६ मा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सुरुआतदेखि नै मधेशमा जसपा नेतृत्वको सरकार कायमै रहँदा बागमती र कर्णालीमा माओवादी नेतृत्वको सरकार छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न