Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यो साता नेप्से २१ सय ५० दशमलव ९९ अंकमा पुग्यो

2023 Jun 30 5:20 PM 18

विज्ञापन

Birat Cancer Hospital
यो साता नेप्से २१ सय ५० दशमलव ९९ अंकमा पुग्यो
काठमाडौं । यो साता नेप्से २१ सय ५० दशमलव ९९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय दुई दशमलव ७५ अंकमा सिमित हुन पुगेको छ । दुई सय ८० वटा कम्पनीहरुको यो साता तीन लाख २६ हजार नौं सय ६४ पटकको कारोबारमा पाँच करोड ३१ लाख पाँच हजार १० कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम २३ अर्ब २५ करोड १४ लाख आठ हजार नौं सय ५७ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा तीन अर्ब रुपैंयाँले बढी हो । गत साता भने नेप्सेमा दुुई सय ८० वटा कम्पनीहरुको तीन लाख २० हजार एक सय ३४ पटकको कारोबारमा पाँच करोड २५ लाख २३ हजार दुई सय ८६ कित्ता शेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम २० अर्ब ६६ करोड २० लाख ८४ हजार छ सय १२ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से चार दिन मात्र खुल्ला रहेकोमा चौंथो दिन घटेको नेप्से पहिलो, दोस्रो र तेस्रो कारोबार दिन भने बढेको थियो । पाँचौं दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । जसमध्ये पहिलो दिन ६२ दशमलव २१ अंकले बढेर २१ सय १७ दशमलव ७३ अंकमा पुगेको नेप्से चौंथो दिन भने ३५ दशमलव ३७ अंकले घटेर २१ सय ५० दशमलव ९९ अंकमा सिमित भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा नेप्से बढेको थियो भने पाँचौं दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो । यसैगरी पहिलो दिन नौं दशमलव ६४ अंकले बढेर तीन सय ९५ दशमलव ४५ पुगेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने नौं दशमलव ७६ अंकले घटेर चार सय दुई दशमलव ७५ सिमित हुन पुगेको थियो । कारोबार भएका कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो