Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

६ महिनाको अवधिमा नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति

2023 Jul 1 5:43 AM 26

विज्ञापन

Birat Cancer Hospital
६ महिनाको अवधिमा नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति
काठमाडौं । सरकारले मुलुकको पर्यटन क्षेत्रको विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । कोभिड–१९ महामारिले शिथिल बनेको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । वर्तमान सरकार गठ भएको छ महिनामा पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा देखिने गरी सुधारका काम भएका छन् । सरकारले सार्वजनिक गरेको छ महिनाको प्रगति विवरणमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको जनाइएको छ । पर्यटक आगमनमा उल्लेख्य सुधार भई सन् २०२३ जनवरीदेखि हालसम्म गत वर्षको सोही अवधिको तुलनामा दोब्बर सङ्ख्यामा पर्यटककको आगमन वृद्धि भई चार लाख ४६ हजार नौ सय ८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अघिल्लो वर्ष सन् २०२२ मा छ लाख १४ हजार आठ सय ६९, सन् २०२१ मा एक लाख ५१ हजार र सन् २०२० मा दुई लाख ३० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भई सञ्चालनमा रहेको छ । वि.सं. २०७९ पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विमानस्थलको उद्घाटन गरेका थिए । राष्ट्रिय गौरवको अर्को आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको छ । नेपाल वायुसेवा निगमले जेठ ३० गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर–भैरहवा उडान सुरु गरेको थियो । यसअघि कुवेतको जजीरा एयरले उडान गरिरहे पनि पछिल्लो समय प्राविधिक कारण जनाउँदै उडान स्थगित गरेको छ । भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यका लागि शिलान्यास भएको छ । विराटनगर र नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण कार्यको शिलान्यास भइसकेको छ । त्यसैगरी, नेपाल वायुसेवा निगमको आन्तरिक उडान विस्तार गर्दै काठमाडौँ–इलाम–काठमाडौँ नियमित साप्ताहिक उडान प्रारम्भ गरिएको छ । निगमका जहाजहरूको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट अनलाइन प्रविधिमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ । हवाई दुर्घटना हुन नदिन सबै आन्तरिक वायु सेवा सञ्चालक कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको सरकारको प्रगति विवरणमा उल्लेख छ । चीन सरकारले कोभिड–१९ पछि नेपाललाई समेत समूह पर्यटक गन्तव्यको रूपमा खुला गरेको छ । यही असार ६ गते चीनको सिचुवान एयरले पोखरा क्षेत्रीय विमानस्थलमा पहिलोपटक सिधै चार्टर उडान सञ्चालन गरेको छ । जुगल हिमशृङ्खलामा पर्ने छ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सो थप आरोहण खुला गरेका हिमालसहित कूल चार सय १९ वटा हिमाल आरोहणका लागि खुला भएका छन् । पर्यटन मन्त्रालय र मातहतका निकाय, विमानस्थल, सांस्कृतिक, धार्मिक, पर्यटकीयस्थलको सरसफाइसम्बन्धी निर्देशिका स्वीकृत गरी सरसफाइ कार्यलाई अभियानकै रूपमा सुरु गरिएको छ । पर्यटनमन्त्रीको संयोजकत्वमा बृहत् सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको, सोको निरन्तरताको रूपमा बौद्धनाथ क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरिएको तथा स्वयम्भू क्षेत्रमा साप्ताहिक सरसफाइ कार्य भइरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?