Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी करिडोरमा अझै झण्डै छ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी

2023 Jul 2 7:29 PM 7

विज्ञापन

Biratkhavar
कोशी करिडोरमा अझै झण्डै छ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी
विराटनगर । कोशी प्रदेशको समृद्धिको आधार बन्न सक्ने कोशी करिडोरमा अझै झण्डै छ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ । नेपाली सेनालाई खाँदबारी–किमाथाङ्का खण्डमा साँढे १० किमी ट्र्याक खोल्न दिइएकामा अहिले सो काम भइरहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयले जनाएको छ । सरकारले दुई वर्ष पहिले सो खण्डको ट्र्याक खोल्न सेनालाई जिम्मेवारी दिएको थियो । आयोजना कार्यालय आफैँले ट्र्याक खोल्ने ठाउँमा काम भइसकेको आयोजनाका प्रमुख श्यामबहादुर खड्काकाले जानकारी दिनुभयो । अप्ठेरो खण्डमा काम बाँकी भएकाले त्यो मात्रै सेनालाई दिइएको थियो । उहाँले भन्नुभयो, “सेनाले ट््याक खोलेपछि हामी स्तरोन्नति गर्छौँ ।”यसअघि आयोजना आफैँले ट्र्याक खोलिसकेको भागमा अहिले स्तरोन्नति भइरहेको छ । खाँदबारीको लबिङ हिलदेखि अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटसम्म अहिले स्तरोन्नति भइरहेको र यो खण्डमा ४९ किमीसम्म कालोपत्रको ठेक्का सञ्चालनमा रहेको र त्यसपछिको ३० किमीमा ग्राभेल भइसकेको छ । आयोजना प्रमुख खडकाले भन्नुभयो, “कालोपत्रका लागि स्रोत सुनिश्चित हुन बाँकी छ ।” करिडोरको एक सय ६२ किमी लम्बाइमध्ये अहिले ८० किमीमा स्तरोन्नति भइसकेको छ भने ८२ किमीमा स्तरोन्नति गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । ट्र्याक खुलिसकेर स्तरोन्नति हुन बाँकी खण्डमा स्रोत सुनिश्चितताका लागि योजना आयोग र अर्थ मन्त्रालयमा फाइल पेस गरिएकामा टुङ्गो लागेपछि काम काम अघि बढ्ने उहाँको भनाइ थियो । ट्र्याक खोल्न थोरै मात्रै बाँकी भएकाले पनि सरकारले पर्याप्त बजेट विनियोजन गरेमा यसलणई सम्पन्न गर्न लामो समय नलाग्ने देखिएको छ । निश्चित समयमा सक्न त्यहीअनुसार स्रोत सुनिश्चित हुनुपर्ने र बजेट विनियोजन हुनुपर्ने आयोजना प्रमुख खड्काले बताउनुभयो । निर्माण कम्पनीले त्यहीअनुसार काम गर्न आवश्यक छ । उहाँले भन्नुभयो, “बाँकी खण्डमा ठेक्का लगाउन जति ढिला भयो योजनाको अवधि पनि उति नै लामो हुन्छ ।” नयाँ लक्ष्य निर्धारणका लागि पहिले सोत सुनिश्चित भएपछि कति समय लाग्छ भन्ने हिसाब गर्न सकिन्छ । आगामी आवमा सरकारले उत्तर दक्षिण करिडोर सडकका लागि रु तीन अर्ब ४० करोड विनियोजन गरेको छ । यो रकम गत वर्षभन्दा खासै कम देखिदैन । आयोजना प्रमुख खड्काले भन्नुभयो, “पहिरो कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने अध्ययन गरेर कार्यान्वयन गर्न जरुरी रहेको छ ।” कतिपय स्थानमा नेपालतर्फबाट ट्र्याक नै नखुलेकाले चीनतर्फबाट सामान ल्याएर गर्नुपर्ने छ । केही समय पहिलेसम्म सीमा रोकिएकाले आवश्यक सामग्री आयातमा समस्या रहेपनि अहिले समस्या समाधान हुन थालेको छ । उत्तर–दक्षिण करिडोरमा भौगोलिक कठीनाइका कारण पनि समस्या आइरहेको छ । उत्तरी क्षेत्रमा हिउँ पर्ने र चिसोका कारण काम गर्न मिल्ने अवधि कम रहेको छ । राष्ट्रिय गौरबका तीन करिडोर सडकमध्ये सबैभन्दा बढी ट्र्याक खोल्न कोशी करिडोरमा नै बाँकी देखिएको छ । सरकारले भारतीय सीमादेखि उत्तरी सीमासम्म फैलने गरी केही वर्ष पहिले कोशी, कर्णाली र कालीगण्डकी करिडोर सडक निर्माण सुरु गरेको थियो । निर्माणाधीन तीन करिडोर सडकमध्ये कालीगण्डकी करिडोरमा प्रगति तुलनात्मकरुपमा बढी रहेको छ । कालीगण्डकी करिडोरमा वैदेशिक सहयोग भए पनि कोशी र कर्णाली सरकारको लगानीमा निर्माण भइरहेका छन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु