Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विश्वकप क्रिकेट छनोट प्ले अफ: युएईमाथि नेपालको जित

2023 Jul 2 10:10 PM 42

विज्ञापन

Birat Cancer Hospital
विश्वकप क्रिकेट छनोट प्ले अफ: युएईमाथि नेपालको जित
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो ।
एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उकासेका हुन् । यी दुईले आठौँ विकेटका लागि अविजित ७९ रनको साझेदारी गरेका थिए । ऐरीले ७९ तथा लामिछानेले २३ रन बनाए । नेपालको सुरुआती ब्याटिङ आज निराशाजनक रह्यो । कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ र गुल्शन झाले १२ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अङ्क बटुल्न सकेनन् ।
दश टोली सम्मिलित आईसीसी विश्वकप छनोट प्लेअफमा नेपाल सुपर सिक्समा पुग्न नसकेपछि विश्वकप छनोटको मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौँ स्थान बनाउन आज युएईसँग प्रतिस्पर्धा गरेको हो । अब नेपालले मङ्गलबार सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
आज भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले युएईलाई सुरुदेखि नै दबाबमा राखेको थियो ।
युएईका नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त भएपछि वृत्य अरविन्दले कप्तानी गरेका थिए । युएईका सुरुआती ब्याटर आसिफ खान शून्यमा आउट भएपछि अर्का सुरुआती ब्याटर अर्यान्स शर्माले कप्तान अरविन्दसँग मिलेर ६८ रनको साझेदारी गरेका थिए ।
सन्दीप लामिछानेको बलमा आरिफ शेखबाट २८ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भए भने युएईका लागि सबैभन्दा बढी ४४ रन बनाएका अरविन्द पनि गुल्शन झाबाट बोल्ड भए । युएईका रमिज शहजाद १० रनमा आउट भए । त्यसपछि रोहन मुस्तफा र बसिल हमिदले फेरि पाँचौँ विकेटका लागि ५८ रनको साझेदारी गरे । मुस्तफा ३५ तथा हमिद २९ रनमा आउट भए । समग्रमा युएई ४६।५ ओभरमा १८१ रनमा अलआउट भयो ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३र३ विकेट लिए । त्यस्तै प्रतिश जिसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए । आजको खेलमा अविजित ७९ रन बनाउँदै र बलिङमा एक विकेट लिन सफल दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला