Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हवाइ भाडा कति घट्यो ? यस्तो छ घटेको रकम विवरण

2023 Jul 4 4:54 PM 26

विज्ञापन

Birat Cancer Hospital
हवाइ भाडा कति घट्यो ? यस्तो छ घटेको रकम विवरण
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । सोमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुको इन्धन शुल्क पनि घटाएको हो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर–नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला–फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ । यस्तै काठमाण्डौ–धनगढीको भाडा छ सय ५० रुपैयाँ, काठमाण्डौ–नेपालगञ्जको चार सय ५५, विराटनगर–भैरहवाको चार सय ५०, पोखरा–धनगढीको चार सय ७५ र काठमाण्डौ–सुर्खेतको भाडा चार सय ८५ रुपैयाँले घटेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको भाडा चार सय २० रुपैयाँ, पोखरा–नेपालगञ्जको तीन सय ३०, काठमाण्डौ–जनकपुरको एक सय ८० र काठमाण्डौ–भैरहवाको भाडा दुई सय ८५ रुपैयाँले घटेको छ । घटेको शुल्क भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणले यसअघि असार ६ गते पनि इन्धन शुल्क घटाएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?