Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न एमालेको परमादेश माग

2023 Jul 7 7:53 PM 6

विज्ञापन

Biratkhavar
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न एमालेको परमादेश माग
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नियुक्त गर्न परमादेश माग गरेको छ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरी एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्तिको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । कार्कीका तर्फबाट अधिवक्ता पवनकुमार निरौलाले दायर रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभामुख र मुख्यमन्त्री थापालाई विपक्षी बनाइएको छ । रिटमा २१ असारमा नियुक्त मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई मान्यता नदिन अन्तरिम आदेश माग गरिएको छ ।
प्रस्तुत रिटमा अन्तिम टुङ्गो नलागेसम्म्म प्रदेश विपक्षी १ (प्रदेश प्रमुख) को निर्णय यथास्थितिमा राख्नु र विपक्षी २ (मुख्यमन्त्री) लाई कुनै पनि काम कारबाही गर्न नदिनु नदिलाउनु भनी अन्तरिम आदेश जारी गरी पाऊँ’, रिटमा भनिएको छ । थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभाको बहुमत नपुग्ने दाबी एमालेले गरेको छ ।
सभामुखको हस्ताक्षर समेत समावेश गरेर सरकार निर्माण गर्न आवश्यक ४७ प्रदेश सदस्य पुर्याउनु असंवैधानिक भएको रिटमा उल्लेख छ । ‘संविधानको धारा १६८(२) मा दलहरुको समर्थनमा बहुमत प्राप्त भन्ने पदावली रहेको छ, यो राजनीतिक दल र दलको समर्थनमा मात्र मुख्यमन्त्री नियुक्त हुने संवैधानिक व्यवस्थामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष भूमिकामा रहेका सभामुख पर्नुहुन्न’, रिटमा लेखिएको छ । अतः थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय बदर गरिनुपर्ने एमालेको माग छ । ‘तटस्थ, निष्पक्ष र दलविहीन भूमिकामा रहनुभएका सभामुखले दलको सदस्य सरह अभिमत प्रकट गरेको हस्ताक्षरको मत समेतका आधारमा उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्ति दिने प्रदेश प्रमुखको निर्णय, पत्राचार सबै संविधानको धारा १६८(२) विपरीतको कार्य भएकाले बदरयोग्य छन्, बदर गरी पाऊँ’, रिटमा भनिएको छ । थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गरी कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश एमालेले मागेको छ । ‘… संविधानको धारा १६८ को (३) बमोजिम निवेदकलाई (प्रदेशसभाको सबैभन्दा ठूलो संसदीय दलको नेतालाई) सरकारको नेतृत्व गर्ने अवसर दिनु दिलाउनु भनी विपक्षीको नाममा परमादेश आदेश जारी गरी हक प्रचलन गराई पाउँ’ माग दाबी गरिएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु