Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

समाजवादी मोर्चा: नीति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन

2023 Jul 8 6:27 PM 25

विज्ञापन

Birat Cancer Hospital
समाजवादी मोर्चा: नीति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन
काठमाडौं । समाजवादी मोर्चा नेपालको आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारस‌ंहिता बनाउने छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन् । कार्यदलले मोर्चाको आगामी नीति र आचारसंहिता तय गर्ने नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।उनले मोर्चाको अर्को बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एसका अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताए । मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने पाण्डेले बताए ।यस्तै हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा पनि छलफल भएको छ । ६-६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने उनले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?