Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कुवेत जानेलाई प्रस्थान अनुमति नदिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ: अध्यागमन विभाग

2023 Jul 17 7:19 AM 34

विज्ञापन

Birat Cancer Hospital
कुवेत जानेलाई प्रस्थान अनुमति नदिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ: अध्यागमन विभाग
काठमाडौं । कुवेत जान लागेका नेपाली श्रमिकहरुको अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेश गरिएका कागजात सम्बन्धमा केह्ी दिनदेखि विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको अध्यागमन विभागले जनाएको छ । विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ कार्यालयमा प्रस्थानका लागि पेश गरिएका कागजातहरु शंकास्पद देखिइ प्रस्थान अनुमति नदिएको विषयमा संप्रेषित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको विभागको भनाइ छ । अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१, अध्यागमन कार्याविधि २०६५ बमोजिम नेपाल बाहिर प्रस्थान गर्ने र नेपालभित्र प्रस्थान गर्ने जुनसुकै यात्रुहरुले आगमन तथा प्रस्थान अनुमति लिने सन्दर्भमा यात्रुहरुले पेश गरेका कागजातहरुको आधिकारिता जाँच गरी आगमन तथा प्रस्थान अनुमति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नसक्ने सार्वभौम अधिकार कान’नतः अध्यागमन अधिकृतमा निहित रहने विज्ञप्तिमा उल्लेख छ । शंकास्पद कागजात पेश गरेको भन्ने लागेमा थप कागजात पेश गर्ने वा आधिकारिता पुष्टि गर्ने प्रमाणको भार सम्बन्धित यात्रुमा रहने र सो पुष्टि नभएसम्म आगमन वा प्रस्थान अनुमति दिन अस्वीकार गर्ने अधिकार समेत सम्बन्धित अध्यागमन अधिकृतलाई हुने विभागका निर्देशक एवं सुचना अधिकारी खिमराज भुसालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । सोही अधिकार अन्तर्गत विदेश प्रस्थान गर्ने वा नेपाल आगमन गर्ने यात्रुका सम्बन्धमा आवश्यक निर्णय गर्ने विषय अध्यागमन प्रशासनको नियमित प्रक्रिया अन्तर्गत पर्ने पनि विज्ञप्तिमा जनाइएको छ । पछिल्लो केही दिनयता विदेश जान लागेका श्रमिकहरुका सम्बन्धमा निजहरुले पेश गरेका कागजातहरुको प्रारम्भिकरुपमा छानविन गर्दा केही श्रमिकहरुले पेश गरेको भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको जनाइएको छ । यस्तै भिसाको अवस्था वेटिङ एप्रुभल देखिई आधिकारिकताको सम्बन्धमा द्विविधा उत्पन्न भएको, भिसामा उल्लेख भएको रोजगारदाताको नाम फरक पर्न गएको लगायतका विषयहरु देखिएको हुँदा उपयुक्त विषयमा थप छानविन गरी आवश्यक निर्णयमा पुग्नका लागि छानविन समिति समेत गठन भइ कार्य प्रारम्भ समेत भइसकेको विभागको विज्ञप्तिमा उल्लेख छ । छानविन समितिको प्रतिवेदन प्राप्त भइ अर्को निर्णय नहुदा सम्मका लागि वैदेशिक रोजगारमा जाने सबै यात्रुहरुलाई विभिन्न नियमका आधारमा प्रशासन अनुमति दिने व्यवस्था मिलाइएको छ । अनुमतिका लागि अंग्रेजीबाहेक अन्य भाषामा भएका भिसा अनिवार्यरुपमा अंग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेश गर्नुपर्ने, भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति,सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेशा एउटै हुनुपर्ने, प्यारेन्ट कम्पनी, होल्डिङ कम्पनी, अन्तर्गतको कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए उक्त प्यारेन्ट कम्पनी /होल्डिङ कम्पनीले उक्त कम्पनी आफु मातहतको कम्पनी हो भनी लेखेको आधिकारिक पत्र पेश गन’ुपर्ने र कुवेत जाने श्रमिको इभिसाका सम्बन्धमा सम्बन्धित मेनपावर कम्पनीले सम्पूर्ण जिम्मेवारी लिई प्रतिबद्धता पेश गर्नुपर्नेलगायतका व्यवस्था मिलाइएको छ । श्रम एवं अन्य आवश्यक आधिकारिक कागजातहरु लिई अध्यागमन कार्यालयहरुमा आगमन तथा प्रस्थानका लागि आउने यात्रुलाई नियमित एवं पुर्ववतरुपमा आगमन तथा प्रस्थान अनुमति दिने कार्य भइरहेको पनि विभागले जनाएको छ । अध्यगमन कार्यालयको मुख्य उद्देश्य सुरक्षित आगमन एवं प्रस्थानलाई व्यवस्थित गर्ने भएको र कोही कसैलाई दुख दिने नियत नभएको पनि विज्ञप्तिमा प्रष्ट पारिएको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न