Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कांग्रेस सभापति देउवाको प्रस्ताव: केन्द्रीय समितिको बैठक लाइभ गरौं

2023 Jul 17 6:11 PM 33

विज्ञापन

Birat Cancer Hospital
कांग्रेस सभापति देउवाको प्रस्ताव: केन्द्रीय समितिको बैठक लाइभ गरौं
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् । निवास धुम्बाराहीमा आइतबार अपराह्न भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेका हुन्। (भोलि) मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ। धुम्बाराही बैठकमा सहभागी पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय समिति बैठक लाइभ गर्न सभापति देउवाले प्रस्ताव गरेको जानकारी दिए। ‘भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्नेबारे छलफल भयो। धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो, केहीले लाइभ हुँदा नेताहरूले मनदेखि बोल्दैनन् भन्ने विषय राख्नुभयो,’ कोइरालाले भने, ‘भोलि लाइभ गरौं र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। भोलि सायद लाइभ हुन्छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ।’ केन्द्रीय समिति बैठकमा धारणा राख्दा उठान नगरेका विषय पनि नेताहरूले पछि मिडियामा उठान गर्ने गरेको भन्दै सभापति देउवाले यसअघि नै बैठक लाइभ गर्नुपर्ने बताउँदै आएका थिए। कांग्रेसको केन्द्रीय समिति बैठक एक वर्षपछि मंगलबार बस्दैछ। लामो समयदेखि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ। केन्द्रीय समिति बैठकमा नीति अधिवेशनको मिति तय गर्ने र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेजस्ता विषयमाथि पनि छलफल हुनेछ। साथै पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर कारागारमा रहेको र उनलाई पार्टीले अहिलेसम्म निलम्बन नगरेको विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। सहमहामन्त्री फरमुल्लाह मन्सुरका अनुसार केन्द्रीय समितिमा छलफल हुने एजेन्डा करिब तय भइसकेको छ। समसामयिक राजनीतिक घटनाक्रम, प्रतिनिधि सभा निर्वाचन परिचालन समिति संयोजकले प्रतिवेदन पेश गर्ने, नीति अधिवेशनको मिति तय गर्नेजस्ता विभिन्न ९ एजेन्डामाथि केन्द्रीय समितिमा छलफल हुनेछ। सहमहामन्त्री मन्सुरका अनुसार सभापति देउवाले केन्द्रीय समिति बैठक कांग्रेसको आधिकारिक फेसबुक पेजलगायतबाट लाइभ गर्ने प्रस्ताव पनि गरेका हुन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न