Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

साउन लागेसँगै रंगीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि

2023 Jul 19 3:12 PM 16

विज्ञापन

Birat Cancer Hospital
साउन लागेसँगै रंगीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
भक्तपुर । भक्तपुर नगरपालिका–१ की राधा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो, रातो, पहेँलो चुरा र घाँटीमा रातो, पहेँलो, हरियो मिश्रित पोते लगाउनुभएको छ । दुवै हत्केलामा मेहेन्दी लगाउनुभएकी र रातो, पहेँलो सारीमा सजिनुभएकी उहाँकी साथी सीताको पनि दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोतेका साथै हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ । साउन महिनामा विवाहित नारीले हरियो, पहँेलो र रातो रङ्गका पहिरन, पोते, चुरा र हातमा मेहेन्दी लगाई सोमबार शिवजीको आराधना गरी व्रत बसे श्रीमान्को आयु लामो हुनाका साथै आफू पनि सौभाग्यवती होइन्छ भन्ने विश्वासले यस्तो चलन बढ्दै आएको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको यो चलन अहिले स्थानीय नेवार समुदायका महिलामा समेत फैलिएको छ । यससँगै शृङ्गार सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि निकै बढेको छ । हिन्दू परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिका दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने रातो, हरियो, पहँेलो चुरा र मेहेन्दी लगाउने प्रलचन भने बढेको छ । साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले रङ्गीन चुरापोते र मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका हाकुलाल मानन्धरले बताउनुभयो । अन्य महिनाभन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उहाँको भनाइ थियो । “अहिले त झन् फेन्सी डिजाइनको रङ्गीन चुरा र पोते आएको छ, राख्न नपाउँदै बिक्री भइहाल्छ,” मानन्धरले भन्नुभयो । सबै देवीदेवतालाई मनपर्ने भएकाले साउन महिनाभर महिलाहरु रङ्गीन शृङ्गार गरेर बस्ने कस्मेटिक पसलकी कृषा श्रेष्ठले बताउनुभयो । “साउन महिना प्राकृतिक रुपमा हरियो महिना हो । जता गए नि हरियाली नै हरियाली देखिन्छ । यो बेला आफूहरू प्रकृतिसँग जोडिएको हिस्साका रुपमा हरियो चुरासँगै रङ्गीन शृङ्गार पटार गर्ने परम्परा बसालिएको हो,” उहाँले भन्नुभयो, “साउन महिना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिनाका साथै हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक पनि मानिन्छ ।” साउनको सोमबार व्रत बस्ने गरिएकाले पनि रङ्गीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको श्रेष्ठले बताउनुभयो । पछिल्लो समय साउन महिनामा विवाहित होस् या अविवाहित महिलामध्ये शृङ्गार पटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहेन्दीले सजिएर हिँड्नेहरुको कमी छैन । स्थानीय शृङ्गार कस्मेटिक पसलकी कृषाले साउन महिनामा अरू महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुने बताउनुभयो । “यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याइँ गर्दैन जति भन्यो त्यति नै तिरेर सामान लान्छन् । अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन्,” उहाँले भन्नुभयो । दैनिक रु १५ हजारदेखि २० हजारसम्मको शृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहेन्दी, पोते र चुरामात्र रु दैनिक ३५ हजारदेखि रु ७० हजारसम्म व्यापार हुने बताए । पछिल्लो समय साउनमा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेकाले हिन्दू महिला मात्र होइन अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन् । हिन्दू धर्मावलम्बीले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्ने परम्परा भएकाले साउनलाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरुको भनाइ थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो