Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डेंगु संक्रमण केही महिना उच्च दरमा बढ्ने, खुला भाँडामा पानी जम्न नदिन आग्रह

2023 Jul 21 7:34 AM 7

विज्ञापन

Biratkhavar
डेंगु संक्रमण केही महिना उच्च दरमा बढ्ने, खुला भाँडामा पानी जम्न नदिन आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार असोजपछि भने डेङ्गु सङ्क्रमण क्रमशः कम हुँदै जाने छ । उहाँले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताउनुभयो । गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो । “बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ ।” पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको छ । महाशाखाका निर्देशक डा मरासिनीले कार्ययोजनाअनुसार डेङ्गु रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । कार्ययोजनाअनुसार लामखुट्टे नियन्त्रणका लागि भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा र सञ्चार निकायसँग समन्वय गरिने छ । यस्तै लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ । वर्षायामसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थान प्रचुर मात्रामा हुने हुँदा बहुपक्षीय समन्वय र सहकार्यबिना लामखुट्टे नियन्त्रण गर्न कठिन हुने, डेङ्गु पहिचानका लागि आवश्यक डेङ्गु किटको अभाव, लामखुट्टेको निगरानी गर्न इन्टोमोलोविष्ट तथा आर्थिक स्रोतको अभाव, स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको उल्लेख गरिएको छ । घरदैलो कार्यक्रम महाशाखाले डेङ्गु रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ । कार्ययोजनामा डेङ्गु सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने पनि उल्लेख गरिएको छ । यसैगरी जोखिम नक्साङ्कन तथा हट–स्पट पहिचान गर्ने, डेङ्गु सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गु भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेङ्गु रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्नेसमेत कार्ययोजनमा उल्लेख छ । गत वर्ष ५५ हजारभन्दा बढीलाई सङ्क्रमण र ८८ जनाको सङ्क्रमणको कारणले निधन भएको थियो । डेङ्गुबाट मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मृत्यु ५५ वर्ष वा सोभन्दा बढी उमेर समूहका रहेको पाइएको छ । मृत्यु भएका व्यक्तिमा डेङ्गुसँगै निमोनिया, स्क्रवटाइफसलगायतका सङ्क्रमणसमेत पाइएको छ । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु