Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति निरुत्साहित

2023 Jul 22 9:55 AM 33

विज्ञापन

Birat Cancer Hospital
सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति निरुत्साहित
मेची भन्सार कार्यालय काँकडभिट्टाले एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् । पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकालाई भन्सार शुल्क तिराउन नाकामै जाँचमा कडाइ गर्न थालेका छन् । भन्सार र सुरक्षाकर्मीको कडाइपछि सीमावर्ती नेपाली बजारमा चहलपहल बढेको छ ।
भन्सार विभागको निर्देशनअनुसार यो नियम कडाइका साथ लागू गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । “साउन १ गतेदेखि नै हामीले यो नियम लागू गरिसकेका छौँ”, उहाँले नयाँ नियमबारे जानकारी दिँदै भन्नुभयो, “देशभरका सीमा नाकामा यो नियम लागू भएको हो । कसैले जबरजस्ती भन्सार नतिरी लैजान खोजे सामान जफत हुनेछ ।”
सीमावर्ती भारतीय बजार पानी ट्याङ्की, नक्सलबाडी र सिलिगुढीबाट किनमेल गरेर आउनेले यसअघि काँकडभिट्टा नाकाबाट भन्सार शुल्क नतिरी घरायसी सामान भित्र्याउँदै आएका थिए । भन्सारको कडाइपछि सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने निरुत्साहित भएका छन् । स्थानीयवासी चिनी, तेल, दाल, सागसब्जी, लत्ताकपडालगायत घरायसी वस्तुको किनमेल गर्न भारतीय बजार धाउँदा झापाका काँकडभिट्टा, धुलाबारी जस्ता सीमाका ठूला बजार सुनसान बन्ने गरेका थिए । अब यी बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसार्इं बताउनुहुन्छ ।
भारतबाट किनमेल गरेर ल्याइएको रु एक सयभन्दा बढीको सामानमा शुल्क लगाउने भन्सारको नयाँ नीतिलाई मेची उद्योग वाणिज्य सङ्घको समर्थन रहेको र कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सङ्घ तयार रहेको अध्यक्ष प्रसार्इंले बताउनुभयो । “बिहान बेलुकै नुन, तेल, भुटुन र सागसब्जी किन्न भारतीय बजार जाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी थियो”, उहाँले भन्नुभयो, “नेपालका बजारमा सामान बिक्री नभएर व्यवसायीले पलायन हुनुपर्ने अवस्था आइसक्यो । भन्सारको कडाइले स्थानीय बजारलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”
मेचीनगर नगरपालिकाले भन्सारको नयाँ नियमलाई सघाउने जनाएको छ । नगरपालिकाकी कार्यवाहक नगरप्रमुख मीना उप्रेतीले आज पत्रकार सम्मेलन गरी भारतबाट रु एक सयभन्दा बढीको सामान आयात गर्दा भन्सार शुल्क लगाउने नीति स्वागतयोग्य भएको बताउनुभयो । उहाँले आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको लेबल लगाउन भन्सारले अनिवार्य गरेको विषय पनि स्वागतयोग्य भएको बताउनुभयो ।
“राज्यलाई कर छलेर सीमावर्ती भारतीय बजारलाई पोस्ने गतिविधि रोक्ने भन्सार नीतिलाई कडाइका साथ लागू गराउन नगरपालिकाको अनुगमन समितिले सहयोग गर्छ”, कार्यवाहक नगरप्रमुख उप्रेतीले भन्नुभयो, “आयातित सामानको गुणस्तरप्रति उपभोक्तालाई विश्वास दिलाउन र ब्रान्डको दुरूपयोग रोक्न आयातकर्ता र बजार वितरकको लेबल अनिवार्य लगाइनुपर्छ । यदि लेबल नलगाई सामान बेचेको भेटिएमा जफत गर्नेछौँ ।”
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मीले आयातित मालसामानमा साउन १ गतेदेखि आयातकर्ता र बजार वितरकको लेबल लगाउन अनिवार्य गरिएको बताउनुभयो । यदि कुनै आयातकर्ता र बजार वितरकले लेबल नटाँसी सामान बजारमा लगेको पाइएमा नेपाल सरकारका अनुगमनकारी कुनै पनि निकायले सामान तत्काल जफत गर्ने कानूनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न