Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट ‘हेर्दाहेर्दै’मा

2023 Jul 25 5:49 PM 32

विज्ञापन

Birat Cancer Hospital
कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट ‘हेर्दाहेर्दै’मा
विराटनगर । कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट ‘हेर्दाहेर्दै’मा परेको छ ।सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आजदेखि सुनुवाइ भएको यो रिट अब यही इजलासले टुंगो लगाउने भएको छ । कोसी प्रदेशसभामा नेकपा ९एमाले० संसदीय दलका नेता रहेका हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । गएको असार २२ गते कोसी सरकार निर्माणका लागि त्यहाँका सभामुखले हस्ताक्षर गरेका थिए । प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएका थिए । सभामुखको हस्ताक्षरसहितको कोसी सरकारलाई अवैध ठहर गर्न रिटमा माग गरिएको छ । त्यसअघिकै सरकार कायम गर्न पनि कार्कीले रिटमा माग गरेका छन् । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोसी सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त इजलासले साउन ७ गतेदेखि निरन्तर सुनुवाइ र अन्तिम आदेश गर्ने गरी मिति समेत तोकेको थियो । साउन ७ मा सो रिट न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा परेको थियो । तर, न्यायाधीश रेग्मीले रिटकर्ता कार्की आफ्नो ‘क्लासमेट’ भएको भन्दै मुद्दा हेर्न नमिल्ले बताएपछि सुनुवाइ सारिएको थियो । सोमबार ९हिजो० न्यायाधीशद्वय सुस्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिटको सुनुवाइ संवैधानिक इजलासले गर्ने वा पूर्ण इजलासमा पठाउने भन्ने बहस भएको थियो । न्यायाधीश श्रेष्ठले नै उक्त प्रश्न राखेका थिए । संवैधानिक इजलासमा सातामा एक दिन मात्र सुनुवाइ गरिँदा ढिला हुने भएकाले कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने अवधिअघि नै फैसला हुने गरी पूर्ण इजलासमा सुनवाइ हुने निर्णय भएको थियो । पूर्ण इजलासले अब निरन्तर सुनुवाइ गरेर आदेश गर्ने बताइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न