Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा प्रभावकारी बन्दै ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम

2023 Jul 26 2:23 PM 34

विज्ञापन

Birat Cancer Hospital
विराटनगरमा प्रभावकारी बन्दै ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम
विराटनगर । जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरे । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईंहरुको सधैं साथमा रहनेछ ।' छात्राहरुको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उहाँले बताउनुभयो । उपमेयर कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुलाई साथी नबनाउनसमेत आग्रह गर्नुभयो । सामाजिक सञ्जालमार्फत साथी बनेर अनैनिक कार्य गरेको पनि पाइने गरेको उहाँको भनाइ थियो । उहाँले यसअघि पनि विद्यार्थीसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । विद्यालयमै पुगेर सञ्चालन गरिएको विद्यार्थीसित उपमेयर कार्कीको निकै प्रभावकारी भएको उहाँको भनाइ थियो । उद्घाटन समारोहपछि उपमेयर कार्कीले अन्य कर्मचारी र शिक्षकलाई बाहिर पठाएर छात्राहरुसित मात्रै हलभित्र अन्तरक्रिया गर्नुभएको थियो । उपमेयर कार्कीले छात्राहरुले खुलेर आफ्ना समस्या राखेको सुनाउनुभयो । 'त्यस्तो जटिल किसिमको समस्या त आएको छैन,' उहाँले भन्नुभयो, 'तर छात्राहरुले खुलेर आफ्ना मनका कुरा राख्नुभयो ।' कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईं, महानगरको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न