Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धान नरोपिएपछि पिरोलिए माझीटारवासी

2023 Jul 29 2:16 PM 17

विज्ञापन

Birat Cancer Hospital
धान नरोपिएपछि पिरोलिए माझीटारवासी
पाँचथर: हिलिहाङ गाउँपालिका–७ माझीटारका वीरबहादुर माझी घर नजिकैको खेतमा मकै छर्दै हुनुहुन्छ । अघिल्ला वर्षहरूमा यतिबेला धान रोपिइसक्ने खेत यस वर्ष अहिलेसम्म बाँझै भएपछि मकै फल्ने आशाले उहाँ धमाधम मकै छरिरहनुभएको छ । “पोहोर साल यतिबेला यहाँ धान हरियो फिरिसकेको थियो । अहिले मकै उम्रेला कि भनेर छरिरहेको छु”, वीरबहादुरले भन्नुभयो, “धान रोप्नलाई तत्कालै कुलो निकाल्न सकिने अवस्था छैन ।”
सोही स्थानका समशेरबहादुर माझी पनि मकै छर्न धमाधम हुनुहुन्छ । “धानको ब्याड गोरुलाई खुवाइसकेँ । अब के चाहिँ गर्ने र रु”, समसेरबहादुरले भन्नुभयो, “दुई दिन लगाएर मकै छरेँ । पुलदेखि वारिपारि सबै खेत बाँझिने भए ।”
माझीटारकै जसबहादुर माझीको बालुवाले पुरिएको खेत यसपालि बाँझै हुने अवस्था छ । “कहिल्यै बाढी नआउने ठाउँमा बाढी पस्यो । यसपालि खेतमा कमाइ लगाउन सक्ने स्थिति छैन”, जसबहादुरले भन्नुभयो, “हेंवा खोलाको सिम्ले र माझीटारमा यसपालि धान फल्ने स्थिति छैन ।”
गत असार पहिलो साता आएको बाढीको वितण्डाले यसपालि फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमावर्ती माझीटारका खेतमा धान रोपाइँ हुने छैन । यहाँ कतै बाढीले खेत कटान गरेको छ भने कतै ढुङ्गामुढा खेतमा थुप्रिएका छन् । बाँकी रहेको खेतमा पानी ल्याउने कुलो बाढीले बगाइदिएको छ । केही धान फल्ने खेतमा तमोर कोरिडोर सडकबाट पहिरो झरेर पुरेको छ ।
माझीटारको हिलिहाङ गाउँपालिकातर्फ हेंवा खोलाबाट ल्याइएको झण्डै डेढ किलोमिटर लामो कुलो खोलाको आसपास बाढीले बगाएको छ । खेततर्फ तमोर कोरिडोर सडक निर्माणका क्रममा खनिएको ढुङ्गा माटो भीषण वर्षाका कारण पहिरो बनेर कुलो र खेतमाथि झरेको छ । फिदिमतर्फ तमोर कोरिडोर सडकसँगै रहेको कुला बाढीले बगाएको छ । बाढी पहिराका कारण धान नरोपिने भएपछि यहाँका बासिन्दाहरू अहिले धमाधम मकै छरिरहेका छन् । असार अन्तिम साता धान रोपाइँ हुने यहाँ अघिल्ला वर्षहरूमा यतिबेला धान हरियो फिरिसकेको हुने स्थानीयवासी बताउँछन् ।
माझीटारका चन्द्रबहादुर माझीका अनुसार साहुका खेतमा माझी परिवारले बन्धकी, अधिँया, कुत तथा ब्याज मराउनीमा जग्गा लिने गरेका छन् । यहाँ बसोबास गर्ने ४१ घरपरिवार माझीमध्ये अधिकांश खेती गर्ने गर्दछन् । केहीले सानो तिनो व्यापार व्यवसाय चलाउँदै आए पनि मूल पेशा भने कृषि नै हो । तर धान नरोपिने र खोलामा माछा मासिएपछि भविष्यको चिन्ताले माझी समुदाय पिरोलिएको छ ।
माछा मारेर बिक्री गर्ने आफ्नो परम्परा मासिएका कारण वैकल्पिक पेशा समेत नरहेको वीरबहादुरको दुःखेसो छ । “चामलको दाम बढेको बढ्यै छ । खोलामा माछा पनि सिद्धिहाल्यो । न त जागिर नै छ”, वीरबहादुरले भन्नुभयो । आफ्नोमात्रै १५ मुरी धान फल्ने खेत बाँझिएको वीरबहादुरको भनाइ छ । यहाँ पाँच सय मुरीभन्दा बढी धान फल्ने खेत बाढीका कारण बाँझिएको उहाँले बताउनुभयो । बाढीले माझी समुदायले छरेका मकै पनि बगाएको छ । “पाक्न लागेको मकै बाढीले बगाइदियो, धान फल्ने त आशै रहेन”, चन्द्रबहादुरले भन्नुभयो ।
पाइप लगाएर कुलो सञ्चालन गर्ने सम्भावना रहे पनि त्यसका लागि आफैँले लगानी जुटाउन सक्ने अवस्था नरहेको र सरकारी निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ । “हामीले भन्न चाहिँ सबै ठाउँमा भनेका छौँ । सबै लागेर हामीलाई सहयोग गरिदिनु प¥यो”, ६५ वर्षीय जसबहादुरले भन्नुभयो । यद्यपि यसै वर्ष धान रोपिने अवस्था नरहेको माझीटारवासी वताउँछन् ।
जीविकोपार्जनका सबै माध्यमहरू धराशायी बनेपछि माझी समुदाय सहयोगको अपेक्षा लिएर बसिरहेका छन् । “सरकारले पनि थोरै थोरै त राहत दिनुपर्ने हो । हामी सबैभन्दा पछाडि परेका मानिस छौँ यहाँ”, चन्द्रबहादुरले भन्नुभयो, “हाम्रो अरु खेती छैन । पाखाबारीमा घर बनाएका छौँ । हामी कहाँ बाँच्ने स्थिति आउँछ रु राहत माग्न जाँदाजाँदै हाम्रो जिन्दगी बित्ने पो हो कि रु”
बाढी र पहिराका कारण यहाँ एक सय रोपनीभन्दा बढी खेतमा क्षति पुगेको छ । तटीय क्षेत्रका खेतीयोग्य जमिन खोलाले कटान गरेको छ । कतिपय खेत बाढीका कारण खण्डहर बनेका छन् । माझीटारको बस्तीभन्दा माथिबाट अघि बढेको तमोर करिडोर सडक निर्माणका क्रममा निस्किएका ढुङ्गामाटो वर्षाका कारण यसपालि पहिरो बनेर खेतमा झर्दा झनै ठूलो क्षति पुगेको अर्का स्थानीयवासी प्रकाश माझीले बताउनुभयो ।
माझी समुदायका अगुवा जसबहादुरका अनुसार २०२५ सालमा आएको बाढीले माझीटारका कतिपय खेत पुरिएका थिए । तर सो बाढीमा पनि अहिलेजस्तो क्षति नपुगेको जसबहादुरको भनाइ छ । “म १० वर्षको थिएँ होला त्यो बेला । बाढीले  खेतहरू पुरेको थियो । तर अहिलेजस्तो बगाएर लगेको थिएन”, उहाँले भन्नुभयो, 'यसपालि त कहिल्यै नभोगेको कुरा आइलाग्यो ।”
माझी समुदायका लागि फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले नीति तथा कार्यक्रमहरूमा जीविकोपार्जनमा मद्दत गर्ने कार्यक्रम राख्ने गरे पनि परिणाम देखिने कुनै काम गर्न सकेका छैनन् । तमोर र हेंवाको तटीय क्षेत्रका खेतमा परम्परागत कृषि उपज उत्पादन गर्ने माझी समुदाय विकास निर्माण तथा दैवी विपत्तिमा भने सबैभन्दा बढी मारमा पर्ने गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो