Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भोजपुरमा खडेरीका कारण मकै नष्ट, किसान मारमा

2023 Aug 1 5:17 PM 23

विज्ञापन

Birat Cancer Hospital
भोजपुरमा खडेरीका कारण मकै नष्ट, किसान मारमा
टक्सार । भोजपुरमा खडेरीका कारण मकै सुकेको छ । जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन् । खडेरीका कारण अरुण–६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ ।
जरायोटारका एक सय २० परिवारले एक सय ७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रको प्रविधिक टोलीले दुवै ठाउँको अनुगमन गरेको छ । जरायोटारको रानीटार, बतासे र वडा नं ७ सिक्रेटारमा मकैबाली पूर्णरुपमा क्षति भएको पाइएको उहाँले बताउनुभयो ।
'खडेरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ', अध्यक्ष खत्रीले भन्नुभयो ।  अरुण गाउँपालिका कृषि शाखाका प्रमुख रवीन्द्र सापकोटाले सुक्खा खडेरीबाट प्रभावितको लगत सङ्कलन गरी राहतका लागि स्थानीय तहसँगै सम्बन्धित निकायलाई प्रस्ताव गरिने बताउनुभयो । यसअघि पनि बाढी पहिराबाट अरुण–१ र २ का बस्ती प्रभावित भएका थिए । लम्पी स्किनले पशुचौपाया क्षति बेहोरेका कृषक खडेरीका कारण झन पीडित बनेका गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?