Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ज्येष्ठ नागरिकलाई यातायात र स्वास्थ्योपचारमा छुट: प्रभावकारी कार्यान्वयन हुन सकेन

2023 Aug 8 8:31 AM 8

विज्ञापन

Biratkhavar
ज्येष्ठ नागरिकलाई यातायात र स्वास्थ्योपचारमा छुट: प्रभावकारी कार्यान्वयन हुन सकेन
काठमाडौं । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लागू भएको १७ वर्ष वितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारीधनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्नेछ’, भनिएको छ । तर यो प्रावधानकोे प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । सिन्धुलीका ६९ वर्षीयले वीरबहाुर मगरले आफूले अहिलेसम्म सार्वजनिक यातायातमा छुट नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ,“सहचालकसँग भाडा छुटको कुरा गर्दा उल्दै झपार्ने गर्दछन् ,अतिपय अवस्थामा गाली समेत गर्दछन् । ” सहचालकले ज्येष्ठ नागरिकलाई भाडामा छुट दिनेबारे आफूलाई कुनै जानकारी नभएको जनाउँदै पूरै भाडा माग्ने गरेको उहाँको भनाइ छ । ऐनमा व्यवस्था भए पनि ज्येष्ठ नागरिक न त ज्येष्ठ नागरिक सिटमा बस्न पाएका छन्, न भाडामा ५० प्रतिशत छुट नै भएको छ । ऐनमा ‘सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको सङ्ख्याका ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने छ’, भनिएको छ । तर यो व्यवस्थाको पनि प्रभावकारी कार्यान्वनय हुनसकेको छैन । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका निवर्तमान अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई यातायात र स्वास्थ्योपचारमा ५० प्रतिशत छुट दिने भनिए पनि व्यवहारिकरूपमा पूर्णरूपमा कार्यान्वयन हुन नसकेको जनाउँदै कार्यान्वयनका लागि सरकारले नै पहल गर्नुपर्ने तर्क गर्नुभयो । ऐनमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्यष्ेठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेछ र खानेपानी, बिजुली, टेलिफोनलगायत सार्वजनिक सेवा प्रदान गर्ने अन्य संस्थाले सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनु पर्नेछ र ज्येष्ठ नागरिकलाई समय–समयमा अन्य छुट र सुविधा दिन सक्नेछ पनि भनिएको छ । यी कानुनी व्यवस्थाको पनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । महासङ्घका अध्यक्ष छत्रबहादुर प्रधानले ऐन ल्याएपछि कार्यान्वयन भए÷नभएको बारेमा खोजीनीति गर्ने काम पनि राज्यको हो भन्नुभयो । नेपालको संविधान, २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हकः “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ”, भनी ज्येष्ठ नागरिकको हकलाई मौलिक हकमा समावेश गरिएको छ । –––

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु