Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुन तस्करी प्रकरणबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न दिइने छैन: एमाले सचेतक महेश बर्तौला

2023 Aug 8 3:08 PM 45

विज्ञापन

Birat Cancer Hospital
सुन तस्करी प्रकरणबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न दिइने छैन: एमाले सचेतक महेश बर्तौला
काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छानबिन हुनुपर्ने बताएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद्को गतिरोध अन्त्य गर्न बसेको तीन दलका शीर्षनेताहरूको बैठकपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीबारे पहिले नै सूचना पाउँदा पनि गृहमन्त्री श्रेष्ठ मुकदर्शक भएर बसेको आरोप लगाए। ‘राजश्व अनुसन्धान विभागले सुन तस्करी हुँदैछ भनेर पहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सूचना आएको थियो भनेको छ’,उनले प्रश्न गरे,’ प्रधानमन्त्रीलाई सूचना आउँदा गृहमन्त्रीलाई थाहा हुन्छ कि हुँदैनरु अर्थमन्त्रीलाई थाहा हुन्छ कि हुँदैनरु यसकारण गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ। ‘ उनले सुन तस्करी प्रकरणमा गृहमन्त्रीबाट चित्त बुझ्दो जवाफ आएपछि मात्रै संसद चल्न दिने बताए। उनले भने,’सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिनुपर्छ। चित्त बुझ्दो जवाफ नआउँदासम्म संसद अघि बढ्न दिँदैनौं।’ उनले हरेक काण्डमा सरकारका पूर्वमन्त्रीदेखि सत्ता पक्षका नेताहरूको संलग्नता हुने गरेको आरोप लगाए। सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नबनेसम्म सरकारको विरोध गरिरहने बताए। तीन दलको शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षको एजेण्डामा कुनै सहमति नजुटेको उनले बताए। साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीको संलग्नता रहेको भन्दै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहालले सुन काण्डमा सरकारका नियकायहरूले नै अनुसन्धान गरिरहेको भन्दै छानबिन समिति आवश्यक नभएको बताउँदै आएका छन्। यस विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ भने दिएका छैनन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला