Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशीमा चुल्हो बाँड्ने नीति ल्याउने कांग्रेस, नेकपा एस र माओवादी किन आफैं विरोधमा ?

2023 Aug 17 6:13 AM 8

विज्ञापन

Biratkhavar
कोशीमा चुल्हो बाँड्ने नीति ल्याउने कांग्रेस, नेकपा एस र माओवादी किन आफैं विरोधमा ?
विराटनगर । कोशी प्रदेशमा आजभोलि नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिरहेको छ । तर कांग्रेस नेता थापा नेतृत्वको सरकारले चुल्हो वितरण गरिरहेका बेला कांग्रेसकै जिम्मेवार नेता तथा सांसदहरुले यसको चर्को विरोध गरिरहेका छन् । यहाँसम्मकि चुल्हो नलिने नै घोषणा गरेका छन् । कोशी प्रदेशमा नेकपा एसको नेतृत्वमा कांग्रेसपनि सरकार रहेका बेला नीति तथा कार्यक्रममा विद्युतीय चुल्हो बाँड्ने योजना ल्याएको सर्वविदितै छ । अहिले आएर कांग्रेस नेतृत्वकै सरकारले चुल्हो वितरण गरिहेको छ, कांग्रेसकै सांसदहरुले विरोध गरिहेका छन् । कांग्रेसका सांसदहरुले सस्तो लोकप्रियताका लागि बुझेर पनि बुझपचाएको केही जानकारहरु तथा विपक्षी दलका सांसदहरुले यस सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् । एकीकृत समाजवादीका नेता राजेन्द्र राई सत्ताबाट बाहिरिएपछि एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री भए, खानेपानी, सिंचाई र उर्जामन्त्री तिलकुमार मेन्याङ्वो । राजेन्द्र राई मुख्यमन्त्री भएका बेला बनाइएको नीति तथा कार्यक्रम (मन्त्रालय /कार्यालयमा सुधारिएको विद्युतीय चुल्हो वितरण कार्यक्रम) तत्कालीन प्रदेशसभाबाट पारित भएको थियो । यस अवस्थामा विद्युतीय चुल्हो वितरणसम्बन्धी कामको अहिले कांग्रेसका सांसदहरुबाट भइरहेको विरोधको कुनै तुक नभएको पूर्वमन्त्री मेन्याङ्वो बताउँछन् ।
राई नेतृत्वको सरकारका पालामा एलपी ग्यास विस्थापन गर्ने उद्देश्यले प्रदेशका मन्त्रालय र कार्यालयहरुमा विद्युतीय चुल्हो वितरण गर्ने भन्ने रातो कितावमा नै उल्लेख भएर आएकाले आफू मन्त्री हुँदा त्यसलाई कार्यान्वयन गरेको मेन्याङ्वोको भनाई छ । सरकारमा रहेर नीति बनाउने अनि अहिले आएर त्यही कांग्रेसका सांसदले विरोध गर्नुको अर्थ नभएको मेन्याङ्वोले प्रतिक्रिया दिएका छन् । रातो कितावमा उल्लेख भएअनुसार २०७९ मंसिरमा ६१३ थानका लागि दोस्रो पटक टेण्डर आब्हान गरिएको उनले जनाए ।
तर कार्की नेतृत्वको सरकार पूरा अवधि नटिकेपछि वितरण हुन भने पाएन । कार्यालय /मन्त्रालयलाई सुधारिएको चुल्हो वितरण गर्नेगरी खुला प्रतिस्पर्धामार्फत ईबीडीङ आब्हान गरेर खरिद प्रक्रिया अगाडि बढाइएको थियो । खरिद गरेपछि कुनकुन कार्यालयलाई कति भन्ने पनि छुट्याइएको थियो, तर व्यक्तिलाई बाँड्ने भन्ने थिएन, यो संस्थालाई दिने भनेर खरिद गरिएको थियो’, पूर्वमन्त्री मेन्याङ्वो बताउँछन् । मेन्याङ्वो थप प्रष्ट पार्दै भन्छन्, ’तत्कालीन मुख्यमन्त्री कार्कीको पालामा खरिद गरिएको विद्युतीय चुल्हो अहिले उद्धव थापाको पालामा वितरण भइरहेको छ, तर कांग्रेसकै सांसदहरुले विरोध गरिरहेका छन् । विरोध गर्नुको कुनै तुक छैन किन कि यो कार्यक्रम कांग्रेसकै पालामा ल्याइएको थियो र अहिले वितरण पनि कांग्रेसकै सरकार भएको बेला भइरहेको छ ।’ सत्ता पक्षका सांसद केदार कार्कीले अहिले विद्युतीय चुल्होको चर्को विरोध गरिरहेका छन् । जबकि विद्युतीय चुल्हो इन्डक्शन वितरण गर्ने निर्णय गर्दा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । कार्की लगायतको सरकारको समूहले नै नीति तथा कार्यक्रममा मन्त्रालय/ कार्यालयमा सुधारिएको विद्युतीय चुल्हो वितरण कार्यक्रम ल्याएको थियो । अहिले आएर तपाईले चुल्हो वितरणको किन विरोध गर्नु भएको भन्ने जिज्ञासामा उनले त्यति बेलाको निर्णय सांसद र कर्मचारीलाई दिने भन्ने नै नभएको जिकिर गरे । उनले नीति तथा कार्यक्रममा ल्याइएको भन्ने फाल्तु कुरो भएको बताए । पछिलो समयमा एमाले पक्षलगायतका सांसदले भने कार्कीलगायतले यस सम्बन्धमा विरोध गर्नुको कुनै तुक नभएको जनाएका छन् । एमाले सांसदहरुले कार्कीको विरोधात्मक अभिव्यक्तिमा केन्द्रित ह्ँदै उनी पनि समावेश भएर बनाइएको नीति तथा कार्यक्रम फर्किएर हेर्न सुझाएका छन् । सरकारले प्रदेशसभामार्फत वितरण गरिरहेको चुल्हो आफूले नलिने प्रदेश सांसद केदार कार्कीको प्रतिक्रिया छ । यसबारे गम्भीरतापूर्वक निर्णय लिएर सम्बन्धित मन्त्री अघि बढ्नुपर्ने कार्की बताउँछन् । कार्कीले सांसदलाई होइन, जनता लक्षित कार्यक्रम भनेर ल्याइएको हो भनेर बचाउ प्रतिक्रिया दिएका छन् । कोशी प्रदेश सरकारले आव २०७९ /८० को स्वीकृत कार्यक्रमअनुसार विनियोजन बजेटबाट डबर बर्नेर भएको ईन्डक्शन इन्फ्ररेड विद्युतीय चल्हो खरिद गरी प्रदेश सरकारको मन्त्रालयर कार्यालयमा वितरण गरेको छ । आव २०७९÷८० मा नेकपा समाजवादी, नेकपा माओवादी र जसपाले सरकारको नेतृत्व गरेका बेला प्रदेशसभाबाट नीति तथा कार्यक्रम, बजेट बक्तब्य र स्वीकृत वार्षिक कार्यक्रम मन्त्रालय/कार्यालयमा सुधारिएको विद्युतीय चुल्हो वितरण कार्यक्रमअनुसार डबल बर्नर भएुको इन्डक्शन इन्फ्ररेड विद्युतीय चुल्हो खरिद भएको हो । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको बुँदा नम्बर ७० मा स्वदेशी तथा वैदेशिक लगानीलाई आकर्षित गर्दै २० मेगावट सम्मका जलविद्युत तथा सौर्य विद्युत आयोजना सञ्चालन गरिने उल्लेख छ । यस्तै पेट्रोलियम पदार्थ र एलपी ग्यासको प्रयोगलाई विस्थापित गर्न विद्युतीय चुल्हो र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गरिने उल्लेख छ । यसैगरी कोशी प्रदेश सरकारको बजेट बक्तब्यको बुँदा नम्बर ८४ मा पेट्रोलियम पदार्थ र एलपी ग्यासको प्रयोगलाई विस्थापित गरी विद्युतीय चुल्होको प्रयोग गर्न प्रोत्साहन गरिने उल्लेख छ । यसका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको थियो । वास्तवमा कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै चुल्हो खरिद गरेको हो । केन्द्रीय सरकारको नीति पनि एलपी ग्यास विसथापन गर्दै व्यापार घाटा कम गर्न विद्युतीय उर्जा तथा चुल्होलाई प्राथमिकता दिने भन्ने छ । केन्द्रीय सरकारको नीति सर्वप्रथम कोशी प्रदेशले लागु गर्न खोजेको हो । तर यसमा अनावश्यक राजनीतिकरण गर्न खोजिएको खानेपानी तथा उर्जा मन्त्रालयका जिम्मेवार पदाधिकारी पनि बताउँछन् ।

कोशी प्रदेश खानेपानी तथा उर्जा मन्त्रालयका प्रबक्ता रमेश पौडेलले मन्त्रालय तथा कार्यालयहरुमा सुधारिएको विद्युतीय चुल्हो वितरण गर्नुको उद्देश्य उनीहरु स्वयंलाई बुझाउनु रहेको जनाएका छन् । यसको प्रयोगको महत्व बुझाउन सांसद, मन्त्री र कर्मचारीलाई वितरण गरिएको उनको भनाइ छ । सांसद, मन्त्री र कर्मचारीलाई प्रयोग गराएर एलपी ग्यासभन्दा ६ सय ५० महँगो यस चुल्होको महत्व सर्वसाधारणसम्म पुगोस् भन्ने मन्त्रालयको उद्देश्य रहेको प्रबक्ता पौडेलले जनाए ।

देशमा बढिरहेको विद्युतीय उत्पादनको प्रयोग गरेर बाहिरबाट आयात भइरहेको एलपी ग्यास प्रतिस्थापन गर्नु सरकारको लक्ष्य रहेको छ । विद्युतीय चुल्होको महत्व सांसद, मन्त्री र कर्मचारीलाई बुझाउन भनेर आजभोलि सिंहदरबार परिसरमा पूर्णरुपमा एलपी ग्यास बन्द गरिएको छ । सिंहदरबारकै सिको कोशी प्रदेशमा गरिएको हो । सिंहदरबार परिसरभित्र सञ्चालन भएको विद्युतीय चुल्होको सम्बन्धमा भने नकारात्मक प्रतिक्रिया आएको छैन । यसलाई अनावश्यक राजनीतिकरण गर्नु भनेको देशको ब्यापार घाटा बढाउन अझ टेवा पुर्याउनु देखिएको उर्जा मन्त्रालयका उच्च पदस्थ कर्मचारीको दाबी छ ।    

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु