Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भन्सार कार्यालय सहयोगीको भरमा, राजस्व सङ्कलनमा बर्सेनि ह्रास

2023 Aug 21 6:22 PM 9

विज्ञापन

Biratkhavar
भन्सार कार्यालय सहयोगीको भरमा, राजस्व सङ्कलनमा बर्सेनि ह्रास
गोलबजार (सप्तरी), ४ भदौ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाकामा राजस्व उठाउने बलान बिहुल–४ बेल्हीस्थित छोटी भन्सार कार्यालय दुई कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आइरहेको छ ।
सो कार्यालयमा कार्यालय सहयोगी जोगिन्द्र यादव र खडकबहादुर कार्की कार्यरत हुनुहुन्छ भने जिल्लाकै डाक्नेश्वरी नगरपालिकामा रहेको पातो छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ । उक्त दुवै भन्सार कार्यालय राजविराज भन्सार कार्यालय मातहतमा छन् ।
बेल्ही छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा रु १६ लाख २६ हजार एकसय ८३ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयमा नायब सुब्बाको दरबन्दी भए पनि दरबन्दीका कर्मचारी नबस्ने भएपछि राजस्व सङ्कलनमा पनि कमी आएकोे छ ।
कर्मचारी अभावमा राजस्व सङ्कलनमा ह्रास
वार्षिक करोडौँ राजस्व सङ्कलन हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा पनि लामो समयदेखि कर्मचारीको अभाव हुँदै आएको छ । कर्मचारी अभावका कारण उक्त कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन । राजस्व सङ्कलनमा बर्सेनि ह्रास हुँदै आएको  छ । तिलाठी सप्तरीको एकमात्र ठूलो भन्सार नाका हो । विसं २०१३ मा उक्त नाकामा भन्सार कार्यालय स्थापना भएको थियो । यसका साथै जिल्लाभर अन्य सात छोटी भन्सार कार्यालय भए पनि कर्मचारी अभावका कारण सातमध्ये पाँच छोटी भन्सार कार्यालय वर्षौंदेखि ठप्प छन् ।
राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले हामीसँग अहिले दुई वटा छोटी भन्सार कार्यालय रहेको बताउनुभयो । ती छोटी भन्सारमा नायव सुब्बा पठाउनुपर्नेमा कर्मचारी अभावका कारण सहयोगीका भरमा सञ्चालन हुँदै आएको जानकारी गराउँदै उहाँले दुई महिना भयो कार्यालय प्रमुख र थप दुई जना नायबसुब्बा आउनुभएको योभन्दा पहिला जेनतेन म निमित्त कार्यालय प्रमुख भएर थप एक सुब्बा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगीका भरमा सञ्चलान हुँदै आएको उल्लेख गर्नुभयो ।
सो कार्यालमा भन्सार अधिकृत एक, नासु आठ, कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक एक र कार्यालय सहयोगी १० जनाको दरबन्दी रहेको छ । राजविराज भन्सार कार्यालयलाई भन्सार विभागले आव २०७९÷०८० मा रु पाँच करोड ९९ लाख ३० हजार उठाउने लक्ष्य तोके पनि ८४ प्रतिशत ९रु पाँच करोड नौ लाख० मात्र राजस्व सङ्कलन भएकोे थियो ।
उक्त कार्यालयले भन्सार छलि र चोरीपैठारीका सामान पक्राउ गरी ५० वटा मुद्दा चलाएको सूचना अधिकारी भगतले बताउनुभयो । उहाँले चालु आवमा भने रु छ करोड ३० लाख राजस्व उठाउने लक्ष्य रहेको उल्लेख गर्नुभयोे  ।
घट्दै राजस्व
आव २०७८÷७९ मा उक्त कार्यालयले राजस्व सङ्कलनतर्फ आफ्नो निर्धारित लक्ष्य पूरा गर्न सकेन । रु छ करोड ८४ लाख २० हजार उठाउनुपर्ने लक्ष्य निर्धारण गरिएकामा कार्यालयले रु चार करोड १७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त रकम  लक्ष्यभन्दा ३९ प्रतिशतले कम हो । जिल्लाकै पातो छोटी भन्सार र बेल्ही छोटी भन्सार कार्यालय भाडाको घरमा सञ्चालनमा रहेको छ ।
माओवादी जनयुद्धका समयमा विस्थापित भन्सार कार्यालय पुनःस्थापना भएन
माओवादी जनयुद्धका समयमा विस्थापित भएका  रामनगर कोदरकट्टी, हनुमानगर, बनिनयाँ र सुभरनपट्टीका छोटी भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन सकेका छैनन् । छोटी भन्सार पुनःस्थापित नभएपछि खुला सिमानाको फाइदा उठाउँदै तस्करी पनि बढेको छ । यस्तै   जिल्लाकै  भारतीय सिमानासँग नजिकै रहेका व्यापारिक केन्द्रका रुपमा रहेका बोदे बर्साईन बजारस्थित सुभरनपट्टी छोटी भन्सार कार्यालय पनि सञ्चालन नहुँदा राज्यले भन्सारबाट उठ्ने लाखौँ राजस्व गुमाइरहेको स्थानीयवासी दिपक यादवले बताउनुभयो ।
सो नाकाबाट सार्वजनिक भाडामा प्रयोग हुने टेम्पु, बस र निजी मोटरसाइकल, साइकल प्रयोग गरी भारतबाट ल्याइएका कपडा, चिनी, दाल, रजनिगन्धा, सुर्ती, बिडी, मेदा, बेसन र ९ प्रतिबन्धित मुगरी माछा० लगायत समान स्तकरले बोदे बर्साईन बजारसम्म पु¥याउने गरेका छन् । सीमानाकामा दुईतर्फी रहेका सुरक्षाकर्मी सशस्त्र प्रहरी, नेपाल प्रहरीको आँखा छलेर गाडीका गाडी समान भित्रिरहँदा पनि छानबिन हुन सकेको पाइँदैन । सो स्थानमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सुभरनपट्टी, सोनापुर र सशस्त्र प्रहरी बल सीमासुरक्षा बेसक्याम्प रहनाका साथै इलाका प्रहरी कार्यालय प्रहरीचौकी पनि रहेको छ । उक्त नाकामा नेपाल–भारतको सहयोगमा पक्की सडकसमेत बनिसकेको छ ।
बेल्ही भन्सारबाट भन्सार छलिका सामान
छोटी भन्सार कार्यालयमा जनशक्ति अभावले गर्दा तस्करी नियन्त्रणमा समस्या भइरहेको  त्यहाँ कार्यरत कार्यालय सहयोगीहरूले बताए । “हामी श्रेणीविहीन राष्ट्रसेवक हामी कसैलाई रोक्न सक्दैनौँ । आफैँ भन्सार शुक्ल बुझाउन आउनेलाई हामी रसिद काटी दिन्छौँ । दुई जनामात्र छौँ, थुप्रै चोरबाटा छन् । हामीले कार्यालय चलाउने कि रु बाहिर हेर्ने रु”, उनीहरूको भनाइ थियो ।
विसं २०७९ भदौ ७ गते सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा भारतबाट तस्करी गरी ल्याएको कपडा प्रहीले नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको थियो ।
सो क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो भने तस्करले प्रहार गरेको ढुङ्गा लागेर तीन प्रहरी घाइते भएका थिए । भारतबाट सामान तस्करी गरेर स्थानीय घुरन साहको घरमा राखिएको सूचना पाएपछि तस्करी गरी ल्याइएको सामान प्रहीले नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको थियो ।
त्यसैगरी विसं २०८० जेठ ३ गते बलान बिहुल–४ बेल्हीस्थित सन्तोष यादवको घरमा सटरभित्र भन्सार छलि भारततर्फ पठाउन तयारी अवस्थामा स्याउ राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन सय ८५ कार्टुन स्याउ बरामद गरेको थियो ।
सो स्याउ रु १५ लाख ४० हजार बराबरकोे थियो । बरामद गरिएका स्याउ आवश्यक कारबाहीका लागि प्रहरीले राजविराज भन्सार कार्यालय पठाएको थियो । विसं २०८० जेठ ९ गते अवैधरुपमा भित्रिएका प्रतिबन्धित करिब दुई क्विन्टल मुगरी माछा प्रहरीले नियन्त्रणमा लिएर बेल्ही प्रहरीचौकी परिसरमा खाल्डो खनी पुरेको थियो । सो नाकामा नेपालबाट बालुवा तथा गिट्टी तस्करी गरी भारततर्फ निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु