Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशीमा उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदै

2023 Aug 24 6:26 AM 23

विज्ञापन

Birat Cancer Hospital
कोशीमा उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा आज बिहीवार नै सुनुवाइ हुने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा बिहीबार नै सुनुवाइ हुन लागेको हो । सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालत पुगेको थियो । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका थिए । रिट निवेदनमा गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गरी ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेतको माग गरिएको छ । सवोृचच अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिट बिहीबारको पेसीमा चढेको छ । उक्त रिट बिहीबार एक न्यायाधीशको इजलासमा पेस भई अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेशको माग हुन सक्नेछ । सर्वोच्चले अन्तरिम आदेश दिएमा कोशी प्रदेश सरकार फेरि पनि कामचलाउ बन्नेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?