Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धरानमा शुक्रवार राति १२ बजेदेखि निषेधाज्ञा जारी

2023 Aug 25 10:08 PM 24

विज्ञापन

Birat Cancer Hospital
धरानमा शुक्रवार राति १२ बजेदेखि निषेधाज्ञा जारी
विराटनगर । धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले शुक्रवार राति १२ बजेबाट शनिवार राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो । धरानमा शनिबार हिन्दु अभियान्ताले गोरु काटेको र मन्दिरअगाडि चर्च बनाएको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ । आफ्नो संस्कृति मनाउन पाउनुपर्ने भन्दै अर्को समूहले पनि शनिवारका लागि नै प्रदर्शनको घोषणा गरेको छ । पक्ष विपक्षले एकै पटक आन्दोलन घोषणा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले शुक्रवारबाट लागु हुनेगरी धरानमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेशको नाकामा पनि कडाई गरिएको छ । कडाई गरिएका क्षेत्रमा पनि निषेधाज्ञा जारी भएको छ । हिन्दु अभियान्ताहरुले शनिबार बरगाछी चोकबाट सिंहदेवी चोकसम्म ¥याली निकाल्ने तयारी गरेका छन् । संस्कृति मनाउन पाउनुपर्ने माग गर्दै आएको पहिचान पक्षधरले शनिवार भानु चौकमा प्रदर्शनको तयारी गरेको छ । दुवै पक्ष सामाजिक सञ्जालमा आक्रमक रुपमा प्रस्तुत भएपछि स्थानीय प्रशासनले केहीदिनदेखि सुरक्षा सतर्कता बढाएको थियो । पछिल्लो समय धरान प्रवेशको नाकामा कडाई गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार धरानको प्रवेश नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता अपनाइएको हो । ती स्थानमा प्रदर्शनका लागि आउने व्यक्तीलाई धरान प्रवेश गर्न दिएको छैन । ‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने,‘ उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’ भारतबाट समेत ‘गहुँत छर्कने कार्यक्रम’का लागि मानिस आउन थालेको सूचना पाएपछि प्रशासनले झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरी स्रोतले बताएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?