Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काठमाडौंमा ढुसी परेको कोक बिक्री, १ लाख ५० हजार जरिवाना

2023 Aug 27 3:38 PM 33

विज्ञापन

Birat Cancer Hospital
काठमाडौंमा ढुसी परेको कोक बिक्री, १ लाख ५० हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमन बढाएको छ । ढुसी परेको कोका भेटेपछि महानगरले १ लाख ५० हजार जरिवाना गरेको हो । कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ । जरिवाना ७ दिन भित्र तिर्न भनिएको छ । ‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ । गत साउन २८ गते बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपमेयर डंगोलले खुल्लारूपमा बेचिने खानेकुरा, पेय पदार्थको गुणस्तर, तरकारी र फलफूलको बजारमा निगरानी बढाउन भनेकी थिइन् । बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउनसमेत उनले निर्देशन दिएकी छन् । बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहन्छ ।उक्त निर्णयसँगै बजारमा अखाद्य बस्तुको बिक्री रोक्नको लागि उनले अनुगमनलाई कडाइ गरेकी थिइन् । शुक्रबार महानगरको गुणस्तर परीक्षण विभागको टोलीले अनुगमनको क्रममा कालिञ्चोक ट्रेडिङमा ढुसी परेको कोकको बोतल भेटिएको थियो । महानगरको गुणस्तर परीक्षण विभागको टोलीले गरेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न