Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीको आन्दोलन चर्किँदै, क्याम्पस प्रमुखसहित ४ जनालाई कार्यकक्षमै थुनिदिए

2023 Aug 28 8:39 PM 47

विज्ञापन

Birat Cancer Hospital
महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीको आन्दोलन चर्किँदै, क्याम्पस प्रमुखसहित ४ जनालाई कार्यकक्षमै थुनिदिए
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसका प्रमुखसहित ४ जनालाई विद्यार्थीहरुले थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएका हुन् । स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थीहरूले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्पस प्रमुख शिवराम चौधरी, बीबीएसका कोअर्डिनेटर रामनारायण दास, बीबीएमका कोअर्डिनेटर इन्द्रनारायण देवलाई सोमबार कार्यकक्षमा थुनेका छन् । इन्टर्नसिप गरेको रिपोर्टको शुल्क घटाउन माग राख्दै विद्यार्थीहरुले अल्टिमेटम दिएका थिए । २४ घण्टाको समयमा पनि शुल्क नघटाइएपछि प्रमुखसहित विभागीय प्रमुख र शिक्षकहरूलाई कार्यकक्षमा विद्यार्थीले थुनेका हुन् । क्याम्पसले इन्टर्नसिप रिपोर्टको शुल्क यस अगाडि १ हजार रुपैयाँ लिँदै आएको थियो । उक्त शुल्क क्याम्पस प्रशासनले एकैचोटी तीन हजार रुपैयाँ पुर्‍याएपछि आन्दोलनरत विद्यार्थीहरु आन्दोलित भएको स्ववियु सभापति जोसवन पौडेलले जानकारी दिए । ‘विद्यार्थीहरूलाई जानकारीविना क्याम्पस प्रशासनले आफूखुशी शुल्क वृद्धि गरेपछि हामीले यसअघि निर्णय सच्याउन भनेका थियौं’, उनले भने, ‘क्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि हामीले क्याम्पस प्रमुखसहित शिक्षकहरूलाई कार्यकक्षमा थुनेका छौं ।’ विद्यार्थीहरूले इन्टर्नसिप रिपोर्टको साबिकको शुल्क कायम गरिनुपर्ने भन्दै २४ घण्टाको समय दिएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला