Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

2023 Aug 30 10:13 PM 44

विज्ञापन

Birat Cancer Hospital
एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित
काठमाडौँ  । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो ।नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन जोडे । अन्तिम विकेटका रुपमा ललित राजवंशी सदाब खानको बलमा एलबीडब्लू आउट भए । उनले कुनै रन जोड्न सकेनन् । त्यसअघि २३ ओभर २ बलमा कुशल मल्ल पनि सदाब खानको बलमा इफ्तिकार अहमदबाट क्याच आउट भए । खेलको २१ ओभर बलमा नेपालका सन्दीप लामिछाने सदाब खानकै बलमा डक आउट भएका थिए ।त्यसअघि खेलको २१ ओभर ३ बलमा गुल्शन झा २३ बलमा १३ रन बनाउँदै आउट भएका थिए । उनलाई पनि सदाब खानले नै आउट गरे । उनी खानको बलमा फखर जमानबाट क्याच आउट भएका थिए भने खेलको २० ओभर ५ बलमा नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ रन बनाएर आउट भए । उनी मोहम्मद नवाजको बलमा आउट भएका थिए । खेलको १६ ओभर ६ बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै आउट भए । उनी हारिस रउफको बलमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट भए । त्यसअघि खेलको १४ ओभर ४ बलमा नेपालका आरिफ शेख ३८ बलमा २६ रन बनाउँदै हारिस रउफको बलमा बोल्ड भए । १ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरेका थिए । उनले ५ बलमा ५ रन बनाए । कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवम् उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भएका थिए । भुर्तेलले ८ रन बनाए भने कप्तान पौडेल डक आउट भए । दुबैको विकेट सहीन शाह अफ्रिदीले लिए । भुर्तेललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए । पाकिस्तानका सदाब खानले ४ तथा हारिस रउफ र सहीन शाह अफ्रिदीले समान दुई विकेट लिए । त्यस्तै, नसीम शाह र मोहम्मद नवाजले समान एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए । त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए । नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक विकेट लिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला