Live
| आइतबार, बैशाख ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ताप्लेजुङ गोल्डकप: जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा

2023 Aug 31 9:22 PM 9

विज्ञापन

Biratkhavar
ताप्लेजुङ गोल्डकप: जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा
ताप्लेजुङ । ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपको पहिलो खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टिम मानाभारा युथ स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको हो । दुवै टिमले निर्धारित समयमा एक\ एकको बराबरी खेलेका थिए । खेलको पहिलो हाफमा इटहरीका रोहण कार्कीले एक गोल गरेर अग्रता लिए पनि दोस्रो हाफको खेलमा मानाभारा युथ स्पोर्टिङ क्लबका खेलाडी लोहन पतंवाले एक गोल फर्काउँदै बराबरी गर्नुभएको थियो । अर्को खेलमा रेड हर्ष फुटबल क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब दमकबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जेलिङको युनाईटेड खर्साङ क्लबसहित ८ टिम सहभागी छन् । सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको प्रतियोगिताको फुङलिङ नगरप्रमुख अमीर मादेनले उद्घाटन गर्नुभएको थियो । विसं २०२९ देखि लाखे जात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ को महामारी लगायतका कारण रोकिएको थियो । यसअघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस पटक ताप्लेजुङ गोल्डकपका रुपमा सञ्चालन भएको हो । भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । लाखेजात्रा सँगैको खेलकुद प्रतियोगितामार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइ राख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पूर्ण रुपले जुटेको अध्यक्ष गुरुङले बताउनुभयो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु