Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुनकाण्डमा पक्राउ परेका खरेल सुन ओसारपसारमा संलग्न व्यक्ति

2023 Sep 5 5:50 PM 26

विज्ञापन

Birat Cancer Hospital
सुनकाण्डमा पक्राउ परेका खरेल सुन ओसारपसारमा संलग्न व्यक्ति
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका टोखाका सुमन खरेल नेपाल–भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि भारतबाट पक्राउ गरेर ल्याएको हो । चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग उनको सम्बन्ध देखिएको प्रहरी स्रोतले बताएको छ । पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको देखिएको छ । ‘एलेक्ससँग उनको नजिकको सम्बन्ध देखिएको छ, यसमा संलग्न अरु नेपालीको पनि खोजी भइरहेको छ’, सीआईबी स्रोतले भन्यो । हालसम्म यो प्रकरणमा २५ जना पक्राउ परिसकेका छन् । राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानको सम्पूर्ण जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई दिइएको थियो । त्यसक्रममा हङकङबाट आउने सुनको व्यवस्थापनमा संलग्न ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकामध्ये बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग पनि सम्बन्ध देखिएको छ । निकटता देखिएपछि सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग पनि बयान लिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?