Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

परराष्ट्र मन्त्री साउदले भने- किमाथांका नाका खुलाउने विषयमा चीन सरकार सकारात्मक छ

2023 Sep 6 5:30 PM 35

विज्ञापन

Birat Cancer Hospital
परराष्ट्र मन्त्री साउदले भने- किमाथांका नाका खुलाउने विषयमा चीन सरकार सकारात्मक छ
विराटनगर। किमाथांका नाका खुलाउने बिषयमा चीन सरकार सकारात्मक रहेको परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन् ।बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै संखुवासभाको उत्तरी चीनसँगको सिमावर्ती किमाथांका नाका खुलाउने विषयमा चीन सरकारसँग पटक–पटक कुराकानी भइरहेको र चीन सरकार पनि नाका खुलाउने बिषयमा सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताएका हुन्। उनले यहि २३ सेटेम्बर तारिख देखि सम्मानीय प्रधानमन्त्री ज्यूको चीन भ्रमण स्वीकृत भईसकेको छ। प्रधानमन्त्री ज्यूको भ्रमणमा चीन सरकारसँग किमाथांका नाका खुलाउने बिषयको समेत एजेन्डा राखिएको हुदाँ चाँडै खोलिने बताए । परराष्ट्रमन्त्री साउदले नेपाली जनताको तिब्बतसँग पुरानो सम्बन्ध रहेको बताउर्दै एक–आपसमा ब्यापारिक सम्बन्ध रहेकाले यो क्षेत्रको विद्युत्त र सहरीकरण लगायतको विकास योजनाको लागि चीन सरकारसँग प्रस्ताव पनि गरिएको बताए। ‘चीनसँग विद्युत्तको ट्रान्समिसन लाइन विस्तार गर्ने भन्ने बिषयमा पनि अघि बढेको छ। किमाथांका नाकालाई शहरीकरण बनाउने लगायतका थुप्रै विकास परियोजनाको प्रस्ताव पनि गरेका छौ, यो बिषयमा चीन सरकार सकारात्मक रहेको पाएका छौँ, मन्त्री साउदले भने। परराष्ट्र मन्त्री साउद खाँदबारीस्थित हिमालय किरण पब्लिक क्याम्पसको भारतीय राजदुतावासको सहयोगमा निर्मित भवनको उद्घाटन गर्न आएका हुन् । बुधबार दिउँसो सो भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भवन उद्घाटन गर्न नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव समेत आएका छन्। परराष्ट्र मन्त्री साउद भोली मात्रै काठमाडौं फर्किने कार्यक्रम तय भएको छ भने राजदुत श्रीवास्वत भने आजै फर्किनेछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न