Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई

2023 Sep 6 10:57 PM 25

विज्ञापन

Birat Cancer Hospital
ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई
ताप्लेजुङ, २० भदौ । ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा सुनसरीको जुट विकास फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ३१ औँ मिनेटमा इलामका सरन बस्नेतले गरेको गोल नै जीतका लागि पर्याप्त बन्यो । खेलको सुरुआती समयदेखि नै सुनसरीले इलामलाई दबाबमा राखेको थियो तर गोल गर्न भने सकेन । जीतसँगै इलामले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुनसरीले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमलगायतले पुरस्कार वितरण गर्नुभयो । लाखेजात्राका अवसरमा बिहीबारदेखि सञ्चालित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ फुटबल क्लबसहितका आठ टिम सहभागी थिए । लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको थियो । विसं २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । भिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन, खेलकुदको विकास र इतिहासको निरन्तरताका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?